भर्ने होइन ? राष्ट्र उत्थान लघुवित्तको आजदेखि आइपीओ खुल्ला – Satabdi News

भर्ने होइन ? राष्ट्र उत्थान लघुवित्तको आजदेखि आइपीओ खुल्ला

४ फाल्गुन, काठमाडौं ।  राष्ट्र उत्थान लघुवित्तको आइपीओ आज फागुन ४ गते बुधबारबाट बिक्री खुला भएको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भर्ने होइन ? राष्ट्र उत्थान लघुवित्तको आजदेखि आ..." A few seconds ago

सम्बन्धित खवर