दुधको मुल्य बृद्दि भएसंगै कृषकमा केही खुशी – Satabdi News

दुधको मुल्य बृद्दि भएसंगै कृषकमा केही खुशी

२८ माघ, काठमाडाैं । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । हिजाे पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रूपैयाँ बढाइएको जनाएको हो । यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा शुक्रबार (आजदेखि) बढेको मूल्य लागु भएर प्रतिलिटर ८५ रूपैयाँ हुने भएको छ ।

डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रूपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौं उपत्यका सहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रूपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रूपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रूपैयाँ मूल्य कायम हुनेछ ।

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० रूपैयाँ तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो ।

त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य आजदेखि लागू हुने डीडीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दुधको मुल्य बृद्दि भएसंगै कृषकमा केही खुशी" A few seconds ago

सम्बन्धित खवर