भर्ने होइन त ? इमर्जिङ नेपालको आइपीओ बिक्री खुला – Satabdi News

भर्ने होइन त ? इमर्जिङ नेपालको आइपीओ बिक्री खुला

२६ माघ, काठमाडौं । इमर्जिङ नेपालले आज बुधबार माघ २६ गतेबाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो । यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ ।

इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० मा प्रतिसेयर आम्दानी ७ रुपैयाँ र आव २०८०–८१ मा ८ रुपैयाँ १६ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३७ पैसा र आव २०७९–८० मा १०६ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान रहेको छ ।

यसका संस्थापकमध्ये सबैभन्दा धेरै चन्द्र प्रसाद ढकालले ७ लाख ५० हजार ६० कित्ता सेयरमा लगानी गरेका छन् । यस्तै, शुभाष चन्द्र संघाईले ६ लाख २५ हजार कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले ६ लाख २२ हजार कित्ता सेयर लिएका छन् । साथै, यस कम्पनीमा बैंकर, उद्योगपति, सरकारी सेवामा कार्य गरेका पूर्व कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भर्ने होइन त ? इमर्जिङ नेपालको आइपीओ बिक्री खुला" A few seconds ago

सम्बन्धित खवर