सुनको भाउमा लगातार गिरावट, ४ दिनमै तोलाको २६ सय रुपैयाँले घट्यो – Satabdi News

सुनको भाउमा लगातार गिरावट, ४ दिनमै तोलाको २६ सय रुपैयाँले घट्यो

१७ माघ, काठमाडौं । गत बिहीबार अर्थात् पछिल्लो ४ दिनदेखि लगातार सुनको भाउ घटेको छ । यो ४ दिनमा सुनको भाउ प्रतितोला २६ सय रूपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ रुपैयाँ ५० रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनको भाउमा लगातार गिरावट, ४ दिनमै तोलाको २६ सय..." A few seconds ago

सम्बन्धित खवर