हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश – Satabdi News

हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा शुक्रबार भएको तेस्रो क्वार्टर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र उदयपुर फुटबल क्लब बिच भएको थियो । उदयपुर फुटबल क्लब लाई ० – ३ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश गरेको छ ।

प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौँका मनिष थापाले १९ औं मिनेट, सेवी गुरुङले ५५ औं मिनेट, विश्वास श्रेष्ठले ७१ औं मिनेटमा पाएको फ्रीकिक बाट गोल गरेका थिए । कडा प्रतिस्पर्धाका बिच खेल भए पनि उदयपुरले कुनै गोल लगाउन सकेन ।

प्रतियोगितामा खेलको म्यान अफ द म्याच हिमालयन शेर्पा काठमाण्डौँका विशन गुरुङ घोषित भए । गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदी बाट नगद ५ हजार ५ सय र ट्रफि प्रदान गरेका थिए ।

भोलि अर्थात कार्तिक १४ गते अन्तिम चौथो क्वाटर फाइनल खेल रारा फुटबल क्लब राजारानी र आयोजक डाँगीहाट फुटबल क्लब बेलबारीबिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी..." A few seconds ago

सम्बन्धित खवर