हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश – Satabdi News

हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश

कार्तिक १३, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा शनिबार भएको तेस्रो क्वार्टर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र उदयपुर फुटबल क्लब बिच भएको थियो । उदयपुर फुटबल क्लब लाई ० – ३ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश गरेको छ ।

प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौँका मनिष थापाले १९ औं मिनेट, सेवी गुरुङले ५५ औं मिनेट, विश्वास श्रेष्ठले ७१ औं मिनेटमा पाएको फ्रीकिक बाट गोल गरेका थिए । कडा प्रतिस्पर्धाका बिच खेल भए पनि उदयपुरले कुनै गोल लगाउन सकेन ।

प्रतियोगितामा खेलको म्यान अफ द म्याच हिमालयन शेर्पा काठमाण्डौँका विशन गुरुङ घोषित भए । गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदी बाट नगद ५ हजार ५ सय र ट्रफि प्रदान गरेका थिए ।

भोलि अर्थात कार्तिक १४ गते अन्तिम चौथो क्वाटर फाइनल खेल रारा फुटबल क्लब राजारानी र आयोजक डाँगीहाट फुटबल क्लब बेलबारीबिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी..." A few seconds ago

सम्बन्धित खवर