इटहरीको सुनौलो बस्तीमा छुरा प्रहार गरि राजु थापाको हत्या – Satabdi News

इटहरीको सुनौलो बस्तीमा छुरा प्रहार गरि राजु थापाको हत्या

८ असोज, इटहरी । सुनसरीको इटहरी -३ सुनौलो वस्ती ‘बि’ मा एक युवक माथी छुरी प्रहार गरि हत्या गरिएको छ ।

आज (शुक्रबार) दिउँसो ३: ४० बजे स्थानीय ५८ वर्षीय देविप्रसाद अधिकारीले सोही स्थानका २२ वर्षीय राजु थापालाई छुरी प्रहार गरि हत्या गरेको हो ।

छुरा प्रहार गर्ने अधिकारी र राजु छिमेकी हुन् । राजुका घर परिवार र अधिकारी बिच झगडा भएपछि अधिकारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भाइलाई नियन्त्रणमा लिएपछी घटनाबारे बुझ्न अधिकारीको घर पुगेका राजुलाई छातिमा छुरा प्रहार गरेको स्थानीय भुपन लिम्बुले जानकारी दिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका राजुलाई उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिएका छन् ।

छुरा प्रहार गर्ने व्यक्तिपनि गम्भीर घाइते भएकाले उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको दिपेसलाई भने रिहाइ गरिएको छ ।

छुरा प्रहार पछि त्यहाँका स्थानीयहरुले अधिकारीको घरमा आगजनी समेत गरेका हुन् । सोही क्रममा अधिकारीको छिमेकी आसिस दर्जिको घर समेर जलेर नष्ट भएको स्थानीय लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इटहरीको सुनौलो बस्तीमा छुरा प्रहार गरि राजु थाप..." A few seconds ago

सम्बन्धित खवर