दुहबीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु – Satabdi News

दुहबीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

७ आश्विन, दुहबी । सुनसरीको दुहबी नगरपालिका-२ स्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज (बिहीबार) बिहान मैनावती स्टिल उद्योग स्थित इटहरी देखि विराटनगर जाँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्न लागेको को ३४ प ९०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनाबाट मोटरसाइकल चालक मोरङको बुढिगंगा-७ घर भएका अन्दाजी ५० वर्षीय आशाराम माझीको मृत्यु भएको अस्थायी ट्राफिक कार्यलय दुहबीले जनाएको छ ।

गम्भीर घाइते भएका माझीको उपचारको लागि विराटनगर स्थित न्युरो अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दुहबीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर