इटहरीबाट एक भारतीय सहित दुई युवा लागूऔषधसहित पक्राउ – Satabdi News

इटहरीबाट एक भारतीय सहित दुई युवा लागूऔषधसहित पक्राउ

३० भाद्र, इटहरी । सुनसरीको इटहरी–४ मिलन चोकबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा झापाको गौरीजंग गाउँपालिका–२ का २७ वर्षीय आइतबारी हस्दा र बिहारको किसनजंग थाना दिलगबैंक ग्राम पञ्चायन १ का २२ वर्षीय सुरज साह रहेका छन् ।

प्रहरीले सवारीसाधन तथा शंका लागेका पैदल यात्रीको चेकजाँच गर्ने क्रममा इटहरी चौकतर्फ आउँदै गरेका पैदलयात्री हस्दा र साहलाइ ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इटहरीबाट एक भारतीय सहित दुई युवा लागूऔषधसहित पक..." A few seconds ago

सम्बन्धित खवर