आफूसँग टाढिन थालेपछि युवतीले 'प्रमीको लिङ्ग काटिन्' – Satabdi News

आफूसँग टाढिन थालेपछि युवतीले ‘प्रमीको लिङ्ग काटिन्’

२७ भाद्र, इटहरी । विराटनगर–१५ रानीस्थित होटल मकालुमा एक युवतीले आफ्नै प्रमीको लिङ्ग काटिदिएकी छिन् ।

सुनसरीको बर्जु गाउँपालिका २ घर भई विराटनगरमा डेरा गरि बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षिय प्रेमिको लिङ्ग कैचीले प्रहार गरी काटि दिएकी हुन ।

केही समयदेखि प्रेममा रहेकी ति युवतीबाट प्रेमि टाढिन थालेपछि युवतीले आफ्नै प्रेमिलाई होटलमा बोलाएर यौनक्रियाकलाप गर्ने क्रममा प्रेमीको प्रेमिको लिङ्ग काटिदिएको बताइएको छ ।

प्रेमीले आफूलाई प्रेमिकाले होटलमा बोलाएर आक्रमण गरेको दावी गरेका छन भने प्रेमिकाले आफूलाई होटलमा बोलाएर जबरजस्ती गर्न खोजेपछि आफूले आक्रमण गर्नु परेको दावी गरेकी छिन् ।

होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले कैचीले युवकको लिङ्ग कैचिले काटिदिएको प्रहरीले जनाएको छ । एक इन्स्योरेन्स कम्पनीमा जागिर खाईरहेकी ति युवती र नेपाल प्रहरीका जागिरेसमेत रहेका युवकसँग एक वर्ष अगाडिदेखि सम्बन्धमा थिए ।

प्रहरीका अनुसार बर्जुकी युवतीसँग प्रेममा रहेका प्रहरी युवालाई घर परिवारबाट विवाह गर्ने दवाव आएपछि उनी विगत पाँच छ महिनादेखि मोवाईल नम्बर परिवर्तन गरेर प्रेमिकासँग संवादहिनताको स्थितिमा थिए ।

प्रेमिकाले उनको नम्बर पत्ता लगाएर उनले अन्तिम पटक भेट्न आग्रह गर्दै होटलमा बोलाएका प्रेमि र उनीबीच राती करिब आठ बजे यौनसम्पर्कको लागि तयारी भईरहँदा आफूलाई धोका दिन खोजेको भन्दै लिङ्गमा आक्रमण गरेको बताईएको छ ।

लिङ्गमा गंभिर चोटका कारण घाईते भएका प्रेमी सेभिङ गर्दा काटिएको भन्दै उपचारको लागि विराटनगरमै रहेको नावेल मेडिकल कलेजमा उपचार गराएर स्वास्थ भएका छन् ।

घटनापछि प्रेमिकाले प्रेमिमाथि जवरजस्ती करणीको अभियोग लगाएकी छिन् । उनले जबरजस्ती करणी उद्योगमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दर्ता गराएकी छिन् ।

प्रहरीले ति युवालाई पक्राउ गरिसकेको छ । प्रहरीले अनुसन्धान पूरा गरेको अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आफूसँग टाढिन थालेपछि युवतीले ‘प्रमीको लिङ..." A few seconds ago

सम्बन्धित खवर