ओखलढुंगामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु – Satabdi News

ओखलढुंगामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

२७ भाद्र, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए ।

घाइतेहरूलाई हाल उपचारका लागि उदयपुरको घुर्मी पुर्‍याइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टरको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओखलढुंगामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थल..." A few seconds ago

सम्बन्धित खवर