बेलवारी बोयर बाख्रा प्रकरणः नगरपालिकाद्धारा सार्वजनिक प्रतिवेदनको निष्कर्ष तथा सुझाव बहिष्कार – Satabdi News

बेलवारी बोयर बाख्रा प्रकरणः नगरपालिकाद्धारा सार्वजनिक प्रतिवेदनको निष्कर्ष तथा सुझाव बहिष्कार

बेलवारी । बेलबारी नगरपालिकाले छानविन समितीले बुझाएको प्रतिवेदनलाई तोडमोड गरी सार्वजनीक गरेको भन्दै प्रतिवेदनको निष्कर्ष र सुझाव बहिष्कार गरिएको छ ।

सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गरी बेलवारी बोयर बाख्रा छानविन समितिले बुझाएको प्रतिवेदनबाट निष्कर्ष तथा सुझावहरु नगर कार्यपालिकाको ७६ औँ बैठकबाट अनुमोदन गरी सार्वजानिक गरेको थियो ।

तर नगरपालिकाले तोडमोड गरी निष्कर्ष र सुझावहरु सार्वजनिक गरेको भन्दै छानविन समितीका सदस्यहरुले विमती जनाएका हुन् । प्रतिवेदनमा समितीद्धारा लेखिएको निष्कर्ष र सुझाव नआएकोले समितिका सदस्यहरु राजेन्द्र अधिकारी, किशोर भण्डारी र केशव थापा मगर कार्यक्रमबाटै बाहिरिएका थिए ।

उनीहरुले छानविन समितिले बुझाएको पूर्ण प्रतिवेदन वाचन हुनुपर्ने माग राख्दै आएका छन् । उनीहरुले बेलवारीनगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उप प्रमुख ढाका कुमारी पराजुली ,प्रशासकीय अधिकृत प्रदिप शाह , कर्मचारीहरुको कार्यसम्पादन क्षमता ठीक नभएको प्रतिवेदनमा उल्लेख रहेको बताएका छन् ।

बैठकमा कांग्रेसको सहभागिता रहेको थिएन् भने नेकपा माओवादी केन्दका पर्शुराम सुवेदी र जसपाको तर्फबाट तिलक राईको सहभगीता रहेको थियो । माओवादी केन्द्र र जसपाले बोेयर बाख्रा छानविन समितिको पूर्ण प्रतिवेदन सर्वजानिक गर्ने पर्ने र बैठकमा कांग्रेसको सहभगिता नभएको बारे प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलवारी बोयर बाख्रा प्रकरणः नगरपालिकाद्धारा सार..." A few seconds ago

सम्बन्धित खवर