भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ – Satabdi News

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

२१ भाद्र, भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको ०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई घटना पछि फरार रहेका टेम्केमैयुङ गाउँपालिका–५ केरावारी बस्ने ५३ वर्षीय मन केशर राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले भोजपुर सदरमुकामबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ..." A few seconds ago

सम्बन्धित खवर