पाँचथर ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु – Satabdi News

पाँचथर ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु

पाँचथर । पाँचथरको मिक्लाजुङ गाऊपालिका २ लक्ष्मीचौक स्थित ट्याक्टर दुर्घटना भएको छ ।

आइतबार दिउँसो ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउदै गरेको प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टरको ट्याक्टर दुर्घटना हुँदा २९ वर्षीय अविशेक आङदम्वेको ज्यान गएको हो ।

ट्याक्टर रोक्ने क्रममा ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएका अविशेकको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय रविले ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आईतहाङ आङदेम्वेलाई नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पाँचथर ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर