झापामा आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ – Satabdi News

झापामा आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ

झापा । झापाको मेचीनगरबाट आफ्नै दाजुको हत्या गरेको आरोपमा रतनलाल राजवंशी पक्राउ परेका छन् ।

बिर्तामोड भद्रपुर रोडमा आफ्नै दाजुको हत्या गरेको आरोपमा कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशीलाई पक्राउ गरिएको हो ।

बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भाद्रु राजवंशी आइतबार बिहान मृत फेला परेपछि भाइ रतनलालको खोजी सुरु गरिएको थियो ।
मृतकका छोराले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि उनको खोजी गरिएको थियो । शनिबार राति १२ बजे दाजुभाइको सामान्य विवाद भएको रतनलालले बयानका क्रममा बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापामा आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ" A few seconds ago

सम्बन्धित खवर