मित्र राष्ट्रको विरोध गर्नेलाई सूक्ष्म निगरानी गर्ने सरकारको चेतावनी – Satabdi News

मित्र राष्ट्रको विरोध गर्नेलाई सूक्ष्म निगरानी गर्ने सरकारको चेतावनी

काठमाडौं । नोपल सरकारको गृहमन्त्रालयले विदेशी राष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत कर्मचारी, विदेशी नागरिको विषयमा विरोध नगर्न निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पतिको बारेमा नकारात्मक टिप्पणी भईरहेकोले त्यस्ता गतिविधिहरुको सूक्ष्म निगरानी गर्ने चेतावनी दिएको हो ।

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सञ्चार माध्यम र नकारात्मक टिप्पणी गर्ने, धम्किपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति सरकारको ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा नकारात्मक टिप्पणी र विरोधले विकास आयोजना कार्यन्वयनमा असुरक्षा र मित्र राष्ट्रहरु सँगको सम्बन्धमा नै आँच आउने भएकोले त्यस्ता गतिविधिहरुको मन्त्रालयले सूक्ष्म निगरानी राख्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मित्र राष्ट्रको विरोध गर्नेलाई सूक्ष्म निगरानी ..." A few seconds ago

सम्बन्धित खवर