शुक्रबार थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु – Satabdi News

शुक्रबार थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १७ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा एन्टिजेनबाट ३९९ र पीसीआरबाट १ हजार ३ सय ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हाल सक्रिय संक्रमितको संख्या ३३,००६ रहेको छ ।

त्यस्तै शुक्रबार थप २३ जनाको कोभिड–१९ को संक्रमणबाट थप मृत्यु भएको छ भने २२ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,६४,३०२ जनामा कोरोनाविरुद्धको खोप लगाइएको छ । हाल ५४० जनाको आइसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शुक्रबार थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्ट..." A few seconds ago

सम्बन्धित खवर