नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १ घटाए – Satabdi News

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १ घटाए

३० असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मूल्य वृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढिरहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नुपर्ने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १ घटाए" A few seconds ago

सम्बन्धित खवर