लागु औषध ब्राउन सुगर सहि एक युवा पक्राउ – Satabdi News

लागु औषध ब्राउन सुगर सहि एक युवा पक्राउ

असार २६, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारी ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ गरेको छ ।

असार २५ गते विशेष सूचनाको आधारमा मोरङ, केराबारी गाउँपालिका वडा नं.०७ मुगुमा ईलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका हुन् ।

फेला पार्नेमा केराबारी गाउँपालिका वडा नं.०७ मुगु टोल बस्ने वर्ष-२५ को नगेन्द्र लिम्बु उपर शंका लागी उनलाई चेकजाँच गर्दा निजको पेन्टको दाँया गोजीबाट ब्राउन सुगर (खैरो हिरोईन) १ ग्राम, बरामद गरेका हुन् ।

उनी सहित नगद रकम र भिभो कम्पनीको मोवाईल थान-१ फेला पारिएको ईलाका प्रहरी कार्यालय बेलबारीमा निरीक्षक सरोज खनालले बताएका छन् । उनी विरुद्ध थप अनुसन्धान हुने पनि खनालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लागु औषध ब्राउन सुगर सहि एक युवा पक्राउ" A few seconds ago

सम्बन्धित खवर