बेलबारीमा हप्तामा ३ दिन बैक खोल्न दिने – Satabdi News

बेलबारीमा हप्तामा ३ दिन बैक खोल्न दिने

३१ जेठ बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले हप्तामा ३ दिन बैक खोल्ने निर्णय गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले खाद्य बस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, खानेपानी माछामासु, पुस्तक बिक्रि बितरण गर्ने पुस्तक पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, डन्डी, बिधुतिय सामाग्रि बिक्रि गर्ने पसल लगायत अत्याआवश्यक सामाग्रि आपुर्ती गर्ने पसल (भौतिक दुरी कायम गरी मास्क सेनिटाइजर र ब्यात्तिगत स्वास्थ्य सुरक्षा सामाग्रि प्रयोग गरी ) ब्याबसायहरु बिहान ६ बजे देखी दिनको १० बजे सम्म संचालन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा हप्तामा ३ दिन बैक खोल्न दिने" A few seconds ago

सम्बन्धित खवर