सुनको भाउ शुक्रबार प्रतितोला ६०० रुपैयाँले बढ्यो – Satabdi News

सुनको भाउ शुक्रबार प्रतितोला ६०० रुपैयाँले बढ्यो

२८ जेठ, काठमाडौं । सुनको भाउ शुक्रबार प्रोतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ निर्धारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुनको भाउ शुक्रबार प्रतितोला ६०० रुपैयाँले बढ्यो" A few seconds ago

सम्बन्धित खवर