कविता; सरकार – Satabdi News

कविता; सरकार

केरुङ हाङ्सेम

सरकार !
अब लासहरुको सिढि टेक्दै
भ्युटावर चढेर जिवनको भिख मागिरहेका
जनताका दुख हेरेर रमाउ ।

कि यसरी रमाउ कि ,
सात पुस्ताले पनि सम्झिरहनेछन
यो तम्रा रत्यौली!

सरकार !
अब, तम्रा ति राम मन्दिरहरुमा
लासका धुँवाका धुप बालेर
अभिसप्त तम्रा भगवानलाई पुजा गर!
उभ्याईएका ति मुर्तिहरुलाई हात जोडेर भन
तिमीहरुलाई उभ्याउन हजरौं जनतालाई
वलि चढाएको छु ।

एकदिन-
पक्कै जलेर खरानी भएका लासहरुले
तम्रा विरुद्द विद्रोह गर्नेछ।
ति वेला तम्रा लासलाई पनि
हत्कडि लगाएर खुलामन्चमा झुन्ड्याउनु पर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता; सरकार" A few seconds ago

सम्बन्धित खवर