हेर्ने कथाको "पानीको कथा"ले उब्जाएको प्रश्नहरु – Satabdi News

हेर्ने कथाको “पानीको कथा”ले उब्जाएको प्रश्नहरु

अशोक राई

 

युटयुबबाट प्रसारित मलाई मन पर्ने नेपाली कार्यक्रमहरु मध्ये पत्रकार विद्या चापागाईंको “हेर्ने कथा” पनि एक हो । गत हप्ता ५७ औं एपिसोडको हेर्ने कथामा पश्चिम सुर्खेतको टाढा, पहाडको काखमा रेक्चा भन्ने गाउँको पानीको कथालाई प्रस्तुत गरिएको थियो । कथामा ३१ मिनेट ३ सेकेन्डको पानीको कथालाई पूरा भिडियो युट्युबमा हेर्न सकिन्छ । यो आलेख तयार गर्दा सम्म युटयुब ट्रेेङिङ्गको ११ औं नंम्बरमा रहेको छ
थियो ।

पानीको कथामा बिहानै कुवाबाट लिएको दुई गाग्रो पानीले एक दिनको लागि सबै खान देखि लिएर सरसफाइ गर्नु पर्ने बाध्यतात्मक भिडियोले हेर्ने सबैलाई दुखित र भावुक बनाएको छ । रेक्चा गाउको प्रमुख समस्या पानी नै देखिन्छ । तर पानीको समस्यासंगै पानी लिनको लागि छुट्टै दलित समुदायको लागि बनाएको दुई वटा कुवा र महिनावारी भएकी महिलाले खाना बनाउनको लागी एक गाग्री पानी माग्दा नपाएको पिडाको भिडियोले अझ स्तब्ध बनाएको छ । कथा हेर्ने सबै दर्शकहरुले पानीको समस्याको समाधानको लागी आर्थिक सहयोग गर्ने तागरुपता त देखाएको छ, तर दलित समुदाय माथि भएको विभेद र महिनावारी भएकी महिलाले एक गाग्रो पानी नपाएको न्यायको लागी आवाज भने एकदम कम उठेको पाईन्छ ।

सवाल रहयो
रेक्चा गाउँमा दलित समुदायको घरधुरी २ मात्र भएकोले होला, दुई वटा छुट्टाएको कुवाको पानी अभाब नहुने देखिन्छ, भने अर्को दलित समुदाय बाहेकको चलाउने पानी चाडै सकिने गर्दा दलितको लागी छुटाएको पानी लिने गरेको स्थानीय कल्पना बिकले बताउछिन । तर त्यो पानी पिउन र खानाको लागी नभई बस्तुभाउको प्रयोगको लागी लगिन्छ भन्ने कुराले अझ स्तब्ध बनाउछ । रेक्चा बस्तीले पिउने पानी भनेको कुवा नै हो दलितले गैरदलितको कुवा प्रयोग नगर्न नमिल्ने तर गैरदलितले दलितको कुवा प्रयोग गर्न मिल्ने तर त्यो प्रयोग गाईबस्तुको लागि गरिने व्यबहारले रेक्चा समाजमा पानीको समस्या भोगेसंगै अछुत व्यवहारबाट त्यहाको दलित समुदायले मानबताको दर्जा पाउने कहिले ? बालबालिका लालसरा बिक र सौर्य बिकले दलितको लागि मात्र छुट्टाएको कुवाको पानीको विभेद उनीहरुलेे बुझ्ने कहिले ? जातपातको आधार गरिने यस्तो किसिमको बिभेदले साच्चै नेपाली समाज मिलेर बसेको छ कि ? सहरेर बसेको छ ? यी अगन्य प्रश्नहरु रेक्चा बस्तीलाई कहिले सम्म गरिराख्ने ?

यस्तै गरी, कथामा २ जना लुगा धुन्दै गरेको महिलाहरुको अलग्गै छेउमा रहेको महिलाले महिनावारी भएकै कारण पानी नपाईएको गुनासो बताउछिन । महिनावारी भएको महिलाले पानी लगेमा गाउको समाजले बनाएको रु ५०० जरिवाना सम्झिन्छ्न । तर महिनाबारी भएकै कारण महिला माथी विभेद गरिएको नेपालको कानुनबारे मौन छ्न, त्यहाका महिलाहरु ? एक गाग्रो पानी पाउनको ती महिलाले महिनावारी भएकोलाई पनि ढाटेर लग्न सक्थिन ? तर ती महिलाले धर्म छाडिनन्न, महिनावारी भएको यथार्थ कुरा सुनाईन र घरको लागि पानी पाईनन्न । धर्म त ती रेक्चा समाजका मानिसहरुले छाडेका छ्न, कि महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया र मासिक श्राबलाई गौरबको बिषयको रुपमा बुझ्न सकेका छैनन । त्यही भएर अछुतको व्यबहार रेक्चाको महिलाले भोग्न बाध्य छ्न ।

बिद्या दिदी
हेर्ने कथामा रेक्चा गाउको “पानीको कथा” दोस्रो संस्करण आउला वा नआउला त्यो भबिष्यको कुरा होला । यदि दोस्रो संस्कण बदलिँदो रेक्चा गाउको पानीको कथा प्रसारण भएमा एउटै कुवा वा धारामा दलित र गैरदलितले पानी लिएको हेर्न पाईयोस, महिनावारी भएको महिलाले पनि सम्मानको साथ धारा वा कुवाबाट एक गाग्रो पानी घर लगेको खुशीको भिडियो हेर्न पाईयोस । अनि बस मैले भन्नेछु रेक्चाको नेपाली समाज मिलेर बसेको छ, साच्चै मिलेर बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हेर्ने कथाको “पानीको कथा”ले उब्जाएक..." A few seconds ago

सम्बन्धित खवर