आर्थिक वर्ष २०७८/७९ को बजेट अपरान्ह ४ बजे सार्वजनिक गरिन्दै – Satabdi News

आर्थिक वर्ष २०७८/७९ को बजेट अपरान्ह ४ बजे सार्वजनिक गरिन्दै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।

संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आर्थिक वर्ष २०७८/७९ को बजेट अपरान्ह ४ बजे सार्व..." A few seconds ago

सम्बन्धित खवर