जनता तिम्रो राजनीतिक स्वार्थको जन्ति हौं वा मलामी ? – Satabdi News

जनता तिम्रो राजनीतिक स्वार्थको जन्ति हौं वा मलामी ?

झिलकुमार खिम्बुले राई

तिमी संग अक्सिजन किन्ने पैसा हुदैन, तर जनताको लाश जलाउने दाउरा खरिद गर्न अकुत सम्पति हुन्छ ।

किनकि तिमी खरानीको ब्यापार मात्र हैन, बिचौलिया गर्न पनि रुचाउछौ। तिमी बेड आइसियु खरिद गर्न भन्दा ब्यालेट खरिद बिक्रि गर्न मन पराउछौ, किनकि तिमि दलाल भ्रष्टहरुको सरदार हौ ।

तिमी सार्वभौम जनताको प्रतिनिधिले बनाएको संविधानलाई एक पछि अर्को गर्दै शितलनिवासको पार्टनर शिपमा बलात गर्न आफ्नो महान सफलता ठान्छौ । किनकि तिमीलाई संविधान अधिनस्थ भन्दा रामयणको राम भएर शासन गर्ने इच्छा जागृत भएको छ ।

तिमि यो ब्यावस्थाका जागिरे हौ मालिक हैनौ किनकि यो ब्यावस्था ल्याउन न तिम्रो सपना थियो न योगदान नै त्यहि भएर तिमि यो ब्यावस्थाको विनाश गर्न चाहन्छौ।

तिमीलाई जनताको नयनबाट वर्षित आसु-आसु नभैइ सोमरस लाग्छ, किनकि तिमीलाई आफु हासेकोमा र जनता रुएकोमा आनन्द लाग्छ।

तिमी कात्रो खरिद गर्दा समेत चरम कमिशन धन्दा चलाउछौ, किनकि त्यो कमिशनले ठाकुर साहेव किन्नु छ । जसले अग्रगमन पक्षधर माथि पत्तै नपाई कैचि चलाओस् ।

तिमी संग अस्पताल बनाउने तृष्णा नै छैन, छ त केवल अयोध्या पुरीमा राम-सिताको मन्दिर बनाउने मोह छ । किनकि तिम्रो किड्नि खरिद गर्न जनताले भिख दिइहाल्छ र उपचार गर्न बिदेशिले हस्पिटल बनाई दिई हाल्छ ।

तिमी अक्सिजन उत्पादन गर्ने बैज्ञानिक महाबिर पुनलाई चिन्दैनौं ? किनकि तिमीलाई ज्योतिष आदित्य दाहालसंग अघात प्रेम छ ।

तिमी ढाट्न, छल्न लुट्न र धुत्न आफ्नो असली औकात ठान्छौ, त्यहि भएर बस्नेत र बास्कोटाहरुलाई औकात मुताविक अपहरण र भ्रष्टाचारको स्कुल बनाउन जिम्मा दिन्छौ ।

तिमी पहाडे राष्ट्रवादको कथानक चलचित्र हिट बनाउन चाहन्छौ, तर पदक वितरण सम्म आइपुग्दा चुच्चे नक्साले देखाईदियो तिम्रो उदाङ्गो लिङ्ग ? मुख त छोपेउ तर धोति उचालेर।

अब भन हस्पिटलमा बेड नपाएर चिसो भुइमा छट्पटीदै जीवन मरणको दोसाँधमा पुगिरहेको जनताहरुले तिम्रो दलाली गर्ने चुनावमा भाग कसरी लिन सकुु ?

अब भन बेड र अक्सिजन नपाएर अझै हस्पिटल सम्म पुग्ने साधान नपाएर ठेलागाढामा हस्पिटल लादै गर्दा ज्यान गुमाउन बाध्य भएका नमु सुनारका परिवारको घरमा के भन्दै भोट माग्न आउछौ तिमी ?

अब भन सिटामोलको अभावमा खटियामुनि छट्पटीदै छट्पटीदै आफ्नो जीवन लिला समाप्त गर्न विवश भएका राजु सदा र कोरोना उपचारकै अभाव झेल्न नसकेर नेपालगन्ज हस्पिटल अगाडि आत्महत्या गर्न विवश २७ वर्षे युवाको परिवारलाई सुर्य चुनाव चिन्हमा भोट हाल्नुहोस् भन्दै कुन मुख लिएर कार्तिक र मङ्सिर महिनामा जान्छौ ?

अब भन वर्षौ अघि देखि मानसिक आर्थिक सामजिक सास्कृतिक शैक्षिक आदि क्षति झेल्दै घरमा थुनिएर बसेको जनता तिम्रो राजनितिक स्वार्थको जन्ति हौ वा मलामी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता तिम्रो राजनीतिक स्वार्थको जन्ति हौं वा मला..." A few seconds ago

सम्बन्धित खवर