चैत्र २२ काठमाण्डु – आदिवासी जनजाती युवा महासंघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त राई निर्वाचित भएका छन । गत शुक्रबार, शनिबार र आइतबार बुटवलमा सम्पन्न भएको महासंघको ५ औ संघीय महाधिवेशनबाट खोटाङका राई प्रति द्वन्द्दि भन्दा ५६ मतले अध्यक्षमा निर्वाचित भएका हुन ।
उनले ८५ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी कुमार प्रधानले २९ मत प्राप्त गरे । राई समाजवादी प्रखर युवा नेतासमेत हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा सोलुखुम्बुका मुलिवा नाछिरिङ्ग, संघीय उपाध्यक्षमा हिलारी बन्धु भुजेल, कोषाध्यक्षमा दोलखाका मानबहादुर सुनुवार, महासचिवमा सिन्धुलीका किरन श्रेष्ठ, उपमहासचिवमा राकेश गुरुङ, सचिवहरु महेश्वर लिम्बु, सन्जिव मोक्तान ,घम्बा तामाङ, मन बहादुर भुजेल, राधिका श्रीस, दिल बहादुर चौधरी ,केन्द्रीय सदस्यमा राम बहादुर अस्लामी मगर निर्वाचित भएका छन् ।
आदिवासी जनजाती महासंघको अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सुरु भएको महाधिवेशनमा आदिवासी जनजाती युवा संगठनहरूको नेतृत्व गर्ने युवाहरु, समाजसेवी, पत्रकार लगायत विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।