समाजवादी विद्यार्थी युनियनद्दारा त्रिवि सेवा आयोगको विज्ञापन सच्चाउन माग – Satabdi News

समाजवादी विद्यार्थी युनियनद्दारा त्रिवि सेवा आयोगको विज्ञापन सच्चाउन माग

फागुन २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको विज्ञापन सच्याउन समाजवादी विद्यार्थी युनियन त्रि.वि समितिले माग गरेको छ । फागुन ९ मा त्रिविले खुलाएको विज्ञापनले समावेशिता सुनिश्चित नगरेकाे भन्दै युनियनले उक्त विज्ञापन सच्याउन माग गरेको हो ।

तीन दिन भित्र विज्ञापन सच्याएर पुनः प्रकाशन गर्न माग गर्दै त्रिवि सेवा आयोगका प्रमुखलाई मंगलबार ज्ञापनपत्र बुझाएको युनियनका केन्द्रीय सदस्य रामनरेश यादवले जानकारी दिए ।

विज्ञापनमा संविधान, ऐन, नियम र कानुन अनुसार महिला, आदिवासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, पीछडिएका तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको उनले बताए ।

आफ्नो माग तीन दिनभित्र नसच्याए आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी विद्यार्थी युनियनद्दारा त्रिवि सेवा आय..." A few seconds ago

सम्बन्धित खवर