बेलबारीका मगरहरूले ३९ औ स्थापना दिवस भव्य रुपमा मनाउदै – Satabdi News

बेलबारीका मगरहरूले ३९ औ स्थापना दिवस भव्य रुपमा मनाउदै

फागुन  १६, बेलबारी । नेपाल मगर संघ को ३९ औ स्थापना दिवस भव्य रुपमा बेलबारीका मगरहरूले मनाएका छन । बेलबारी भरीका मगरहरू आफ़नो भेष भूषामा सजीएर एक अर्कामा शुभकामना आदान प्रदान गरेक़ा छन् ।

नेपाल आदिबासी जनजाति महासंघ बेलबारी नगर समन्यव समितिका अध्यक्ष तिलक प्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन भएको हो । । नेपालको सबै भन्दा पुरानो जेठों संस्था नेपाल मगर संघ अझै शशक्त भएर बड़नु पर्ने, सम्पूर्ण मगरहरूको अधिकारको लागि सबै मगरहरू एकजुट हुनु पर्ने, राजनीतिक रुपमा पनि उपस्तिथि भएर नेतृत्व लिन अगाड़ी बड़नु पर्ने उहाँले बताए ।

नेपाल मगर संघ मोरंग ज़िल्ला अध्यक्ष टीकाराम पिठाकोटे, ज़िल्ला सदस्य शर्मीला लुंगेली मगरले शुभकामना दिएका थिए । नेपाल भरी छरिएर बसेको मगरहरूलाइ संगठित गर्ने उदश्यले गठित यो संस्थाले मगरहरूको हितमा काम गर्नु पर्ने र राजनीतिक पार्टीको झोले भएर भएर नहिड्न समेत आग्रह गरे । नेपाल मगर संघ बेलबारी नगर पूर्ब अध्यक्ष शेर बहादुर खपांगीले पनि शुभकामना दिएका थिए ।

नेपाल मगर संघ को ३९ औ स्थापना दिवसको उपलक्ष्यमा नगर भरी बसोबास गर्नु हुने मगर समुदाय बीचमा शुभकामना आदान प्रदान कार्यक्रम गरीएको तथा आज नै बनभोज कार्यक्रम पनी राखिएको नेपाल मगर संघ बेलबारी नगर अध्यक्ष केशव थापा मगरले शताब्दी न्यूजलाई बताए । कार्यक्रम संचालन सचिब अमीर मगरले गरेक़ा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका मगरहरूले ३९ औ स्थापना दिवस भव्य रुपमा..." A few seconds ago

सम्बन्धित खवर