किरातीहरुले मनाए उधौली पर्व – Satabdi News

किरातीहरुले मनाए उधौली पर्व

१५ पुस, बेलबारी । मोरङको बेलबारीमा आज राई र लिम्बुहरूले २०७७ सालको उँधौली पर्व उत्साहका साथ मनाएका छन् । राईहरूले किरात राई यायोक्खा बेलबारी वडा नं। ३ स्थित धार्मिक बनमा उँधौली पर्व मनाएका हुन भने लिम्बुहरूको जातीय संस्था किराँत याक्थुम चुम्लुङ, बेलबारीको आयोजनामा चासोक तङनामको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरसको उच्च जोखिमको कारण सरकारले गरेको लकडाउनले गर्दा २०७७ सालको उँगौली पर्व मनाउन नपाए पनि उँधौली पर्व भने आज राई र लिम्बुहरूले उत्साहका साथ मनाएका छन् । चासोक तङनाम कार्यक्रम किराँत याक्थुम चुम्लुङ, बेलबारीका अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।

उँधौली र उँगौली किराँतहरूको महान् चाड साकेलाको दुईवटा पर्विय पक्षहरू हुन । किराँती मान्यता अनुसार आज देखी हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरातीहरुले मनाए उधौली पर्व" A few seconds ago

सम्बन्धित खवर