प्रविन गिरि बचाउ अभियानका लागि देउसी भैलो कार्यक्रम – Satabdi News

प्रविन गिरि बचाउ अभियानका लागि देउसी भैलो कार्यक्रम

बेलबारी । सामान्यता तिहारको बेला देउसी भैलो, सांस्कृतिक कार्यक्रम हुने गरेका छन । तर यश बर्ष कोरोनाको कारण देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम बिरलै देखिए ।

यश बिषम परिस्थितिमा पनि बेलबारीका युवाहरुले रंगेली निवासी दुवै मिर्गौला पीडित प्रविन गिरिको उपचारका लागि सांस्कृतिक कार्यक्रम गरेका छन । बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरिको स्वास्थ अवस्था जटिल बन्दै गएको छ । तसर्थ प्रविन गिरिलाई बचाउनका लागि बेलबारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरि बचाउ अभियान संचालन हुँदै आएको छ ।

प्रविन गिरिको उपचारका लागि थप रकम आवस्यक भएकाले सांस्कृतिक कार्यक्रम गरिएको रोमन वाम्बुले राई बताउछन ।  पहिलो दिन कुसुमे र लालभित्तीमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा बेलबारीका अल्पायु ब्यान्ड, रोमन मास्के, बिकास लिम्बुको विशेष सांगीतिक प्रस्तुति रहेको थियो।

प्रविन गिरि बचाउ अभियानका अभियान्ता रोमन वाम्बुले राईले सहयोग गर्नु हुने सम्पुर्ण सहयोगदातालाई धन्यवाद दिनुका साथै उठेको रकम प्रविन गिरिको उपचारार्थ खर्च गरिने बताए । पहिलो दिनको कार्यक्रमबाट २७ हजार आर्थिक संकलन भएको कार्यक्रम संयोजक लोके राईले बताए । कार्यक्रममा विशेष सहयोग लालभित्ती युवा समुहको रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रविन गिरि बचाउ अभियानका लागि देउसी भैलो कार्य..." A few seconds ago

सम्बन्धित खवर