बेलबारीमा गाईले अनौठो बाछो जन्माए – Satabdi News

बेलबारीमा गाईले अनौठो बाछो जन्माए

भदौ १६, बेलबारी । मोरंगको बेलबारीका एकजना किसानले पालेको गाईले अनौठो बाछो जन्माएको छ । बेलबारी–९ को चौधरी टोलमा दुखीलाल चौधरीको गाईले (मंगलबार) बिहान अनौठो बाछो जन्माएको हो । उक्त बाछो हेर्न बिहानैदेखि भिड लाग्ने गरेको छ ।

बाछोको अनुहार मान्छेको अनुहारसँग मिल्दोजुल्दो देखिने भएकोले हेर्नेको भिड भएको स्थानीयले बताएका छन् । शरीर गाईको जस्तो र टाउको भने मान्छेको जस्तो देखिने यस प्रकारको अनौठो बाछो यस अघि कहीँ कतै नदेखेको स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा गाईले अनौठो बाछो जन्माए" A few seconds ago

सम्बन्धित खवर