मोरङ्की सज्जा चौलागाईंले जितिन नेपाल आइडलको उपाधी – Satabdi News

मोरङ्की सज्जा चौलागाईंले जितिन नेपाल आइडलको उपाधी

भाद्र १२, काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि जिल्ला मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि प्राप्त गरेका छ्न यस्तै फस्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअपको किरणकुमार भुजेल भएका छन ।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् ।

नेपाल आइडल -३ को उपाधि सहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङ्की सज्जा चौलागाईंले जितिन नेपाल आइडलको उपाधी" A few seconds ago

सम्बन्धित खवर