कुलमान पुन: नियुक्तिको तरङ्ग ! – Satabdi News

कुलमान पुन: नियुक्तिको तरङ्ग !

अधिवक्ता यम योन्जन

मंगलबारको कुरा हो ! दिउँसो करिब ३ बजेतिर अधिवक्ता मित्र भुवन थापाले फोन गर्नुभयो ! “कुलमान घिसिङको पुनः नियुक्ति भएको भन्ने छ के खास कुरा के हो ?” मैले जवाफ दिए ” उहाँको कार्यकाल भदौ २९ सम्म छ ! यति छिटो हतारमा निर्णय त हुनुनपर्ने हो ! हो भने पनि ठिक छ बुझौला के कसो हो?” भनेपछि उहाँले फोन राख्नुभयो ! त्यसको केहि समयपछि मैले सामाजिक संजाल खोलेर हेर्दा समाजिक संजालका भित्ताहरु बधाईका शब्दहरुले रङ्गिसकेका रहेछन् ! मैले पनि बधाई दिए ” नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा पुनः नियुक्ति भएको भन्ने समाचार सत्य हो भने हार्दिक बधाई तथा शुभकामना !” त्यस लगत्तै केहिले सामाजिक संजालमा कुलमान घिसिङले twitter मार्फत “आफुलाई नेपाल सरकारले प्राधिकरण प्रमुखमा पुनः नियुक्ति गरेकोमा नेपाल सरकार तथा सबैलाई हार्दिक धन्यवाद” भन्ने twitt शेयर गरेका थिए ! बास्तबमा उक्त twitt कसैले घिसिङको नामबाट fake id बनाएर गरेको रहेछ ! जून कुरा कुलमानले आफ्नो आधिकारिक twitt मार्फत भने “मेरो आधिकारिक twitter Id एउटा मात्र पुनः नियुक्त भएको भन्ने समाचारमा बिश्वास नगर्नु !” त्यस अघि उर्जामन्त्री बर्षमान पुनको सचिबालयबाट नियुक्तिबारे खण्डण आइसकेको थियो । कुलमान नियुक्तिको प्रस्ताव नै मन्त्रीपरिषदमा लगेको छैन । यति भने पछि प्रष्ट भयो । बजारमा आएका समाचारहरु आधिकारिक होइनन र यी गलत हुन् । यस घटना पश्चात्, मेरो मनमा एउटा गम्भीर प्रश्न उब्जेको छ । कसैले कुनै ब्यक्तिको अनधिकृत रुपमा गलत ID बनाउदै समाजिक संजालमा चरित्र हत्या गर्न खोज्छ भने उसलाई कानुनी बमोजिम कारबाही हुँदैन ? हामीसंग कानुन छ र अबश्य हुन्छ । साथै, राज्यले यस्तो कार्य जुनसुकै ब्यक्तिले गरेको भए पनि कानुन बमोजिम कारबाही गर्नुपर्छ र नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउन सक्नुपर्छ । कुलमानको मात्र हैन, सार्वजनिक पद धारण गरेका जुनसुकै ब्यक्तिको चरित्र हत्या गर्छ भने उनीहरुलाई कानुनीको कठघरामा उभ्याउनुपर्छ र सजायको भागिदार बनाउनुपर्छ ।

कुलमानको उदय !
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जामन्त्री जनार्दन शर्माको पालामा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुखमा नियुक्ति गरेका थिए । उनले सरकारको सहयोग र आफू भएको ज्ञान र क्षमताको प्रयोग गर्दै नियुक्ति भएको केही दिन मुलुकलाई लोडसेडिङबाट मुक्त गरे । जतिबेला मुलुक दिनको १८ घन्टा लोडसेडिङको अन्धकारमा थिए ।  आम जनता दैनिक हुने लोडसेडिङको मारले गर्दा आजित थिए । तर सक्षम नेतृत्वको चयन, कुशल ब्यबस्थापन र सामुहिक प्रयत्नको परिणाम स्वरुप मुलुकमा लोडसेडिङ सधैंका लागि अन्त्य गर्न सफल भए । तर उनले यसको एक्लै जस लिने कोसिस कहिले गरेको देखिएन र बरु सधैं भनिरहे यो सामुहिक प्रयत्नको परिणाम हो, म एक जनाको प्रयत्नले मात्र संभब भएको होइन । यस बीचमा कुलमान घिसिङले विभिन्न सञ्चार माध्यममा दिएका अन्तरवार्ताहरु सुन्दा कहिलेपनि लोडसेडिङ अन्त्य गरेको अपनत्व आफुले एक्लै लिएको सुनिएन । कुलमान प्राधिकरण आएपछि अहिले लोडसेडिङ हाम्रो लागी इतिहास जस्तै बनेको छ । त्यतिमात्र होइन कर्मचारीलाई तलब खुवाउन सरकारको भर गर्नुपर्ने प्राधिकरण अहिले नाफामा रहेको छ । उनले प्राधिकरणभित्र धेरै सुधार गरेका छन् । अस्तब्यस्त रहेको प्राधिकरणले अहिले काचुली फेरेका छन् र प्राधिकरणले अहिले नयाँ जीवन प्राप्त गरेका छन् । यस अर्थमा, कुशल नेतृत्व चयन गरेर कुलमानलाइ प्राधिकरण प्रमुख नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री र उर्जामन्त्री जनार्दन शर्मा सबैको धन्यवादको पात्र बन्न सफल भएका छन् ।

मैले बुझेको कुलमान !
कुलमान घिसिङसंग नजिक रहेर मैले करब ६ महिना प्रत्यक्ष काम गरे । प्रत्यक्ष्य र अप्रत्यक्ष रुपमा अहिले पनि कानूनी परार्शको कार्यहरू गरिरहेको छु । मलाई कसैको अनावश्यक देवत्वकरण र दनाबिकरण गर्नु छैन र गुणगान गाउनु छैन । मेरो स्वभाव र नैतिकताले त्यसो गर्न सुहाउँदैन पनि । तर मैले बुझेको र देखेको भन्नुपर्छ । कुलमान घिसिङबाट मैले एउटा नागरिकमा हुनुपर्ने उच्च नैतिकता, इमानदारीता र पार्दर्शिता के हो ? भन्ने निकै राम्रोसंग सिकेको छु ! एउटा नैतिकवान ब्यक्तिलाई मैले खुलेर भन्नुपर्ने हुन्छ, उनी “नैतिकता र आदर्शका प्रतिमुर्ति नै हुन् । उनको काम गर्ने शैलीमा पनि फरकपन छ । उनमा आफ्नो जिम्मेवारी कुशलतापूर्बक निर्बाह गर्दै केहि नयाँ गरौं भन्ने सोचाइ छ । साथै, आफुले आर्जन गरेको ज्ञान र क्षमता प्रयोग गरी देश र जनताको हितको लागी काम गर्नुपर्छ भन्ने दृढ संकल्प छ । उनी प्राधिकरणमा मात्र हैन, जुनसुकै जिम्मेवारी दिएपनी त्यसलाई कुशलतापुर्वक र बिनास्वार्थ खुला दिलले काम गर्न सक्ने क्षमता राख्छन् । त्यसैले उनले प्राधिकरणलाई अर्को उचाइमा पुर्याउन सफल भए र सबैको प्रिय बन्न सफल भए र उनिप्रती सबै जनताको आगाध बिश्वास गरेका छन् ।

पुनः नियुक्तिको जन अपेक्षा
उनको चार बर्षको कार्यकाल समाप्ति संगै पुनः नियुक्ति होला वा नहोला त्यो सरकारले कस्तो निर्णय गर्छ त्यसैमा निर्भर हुनेछ । यो सरकारको विवेकको विषय हो । उनी मलाई पुनः नियुक्ति दिनुस भनेर कसैको दैलोमा जाला भन्ने पनि मलाई लाग्दैन र जादैन पनि । त्यसैले भन्ने गरिन्छ, एउटा संस्था प्रणाली (system) ले संचालित हुन्छ । System मा चलेको संस्थामा कुनै ब्यक्ति आउनु र जानुले खास तात्व्विकभिन्नता पर्दैन तर कुशल नेतृत्वले धेरै फरक पार्दछ ! उनले प्राधिकरणलाई अहिले (system) मा ल्याएका छन् ! उनले यस बीचमा गरेका कामको मुल्यांकन र प्रगतिको आधारमा पुनः नियुक्ति दिन अहिले सरकार आफै दबाबमा रहेको छ । सबै नागरिकले कुलमानलाई पुनः नियुक्ति दिनुपर्ने दबाब दिइरहेका छन् । उनको पुनः नियुक्ति सरकारले दिनप्रतिदिन गुमाउदै गरेको प्रतिष्ठा र सरकारको भविष्यसंग जोडिएको छ । सबैको सरकारसंग अपेक्षा छ । उनलाई सरकारले पुनः एक पटक प्राधिकरणको नेतृत्व गर्ने अबसर दिनेछ र विवेकसंगत निर्णय गर्नेछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कुलमान पुन: नियुक्तिको तरङ्ग !" A few seconds ago

सम्बन्धित खवर