सयौँको सङ्ख्यामा जसपा प्रवेश – Satabdi News

सयौँको सङ्ख्यामा जसपा प्रवेश

श्रावण १०, विराटनगर । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पाटी (नेकपा) परित्याग गरी सयौँको संङख्यामा जनता समाजवादी पाटी (जसपा) प्रवेश गरेका छन् । देवानगन्ज गा.पा. वडा न.५ साविक साहेबगन्जद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ठुलो संख्यामा पाटी प्रवेश गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश उपाध्यक्ष तथा पुर्व सांसद सबिता यादवले पाटी प्रवेश गराएका थिए । उनले पाटी प्रवेश गर्नुभएका सबैलाई स्वागत गर्दै अब देशको एक मात्र वैकल्पिक पाटी भनेको जसपा नै हो । नेकपाको सरकार अहिले दुईतिहाईको दम्भ देखाउदै जनताको चाहाना र मर्म विपरित काम गरिरहेको उनले आरोप लगाए । जसपाले जनताको भावना अनुरुप काम गर्ने पाटी जनता समाजवादी पाटी मात्र रहेको उनको भनाई छ ।

कार्यक्रममा विशिष्ट अतिथि शिव बस्नेत, अतिथि भगिरथ खत्वे महेन्द्र यादव, बेचन मेहेता, अनिल भगत, राकेश मेहता, नरेश यादवको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सयौँको सङ्ख्यामा जसपा प्रवेश" A few seconds ago

सम्बन्धित खवर