पितृसत्तात्मक संरचनाको दलनमा महिला – Satabdi News

पितृसत्तात्मक संरचनाको दलनमा महिला

लक्ष्मी सुनार

समाजमा महिलामाथि दिनप्रतिदिन हत्याहिँसा बढिरहेको छ । यस लकडाउनको अवधिमा मात्र तथ्याङ्कलाई हेर्दा समाजमा लैङ्गिक आधारमा हुने विभेदले चरम सीमा नाघेको देखिन्छ । बलत्कार, हत्या लगायत अन्य घटना दिनदिनै आउने गर्छन । आफन्त, घरपरिवार, छिमेकी लगायत अनजान मानिसबाटै नाबालिकाहरु पिडीत बनिरहेका छन् । बिना कसुर मृत्यु, अङ्गभङ्ग, कुटपिट लगायत शारिरीक, मानसिक यातना भोग्न बाध्य छन् । अझै कतिन्जेल महिलाले लैङ्गिक आधारमा विभेद, हत्याहिँसाको सिकार हुनुपर्ने हो । लकडाउन र बन्दाबन्दिले समाजमा रहेको पितृसत्तात्मक सोच, व्यवाहारलाई सतहमा ल्याइदिएको छ ।

पितृसत्ता एउटा त्यस्तो संरचना हो, जहाँ परिवार, समाज र राज्यमा भालेबाद अथत पुरुषवाद हाबी हुने गर्छ । जसको असर सामाजिक, आर्थीक, राजनैतिक, धार्मीक र सांस्कृतिक लगायत सबै पक्षसंग जोडि सामाजिक सम्बध र ब्यवहारलाई नियन्त्रण गर्छ । लिङ्गको आधारमा शक्तिशालि र शक्तिहिन बनाई विभेद गर्ने गर्छ । महिलावादी कमला भाषिनका अनुसार “त्यो संरचना जहाँ महिला माथि पुरुषले दमन, शोषण र बिभेद गर्दछ वा शासन गर्दछ” त्यो पितृ सत्ता हो । अझै पनि नेपाली समाजमा पितृसत्ताले हामीलाई यसरी जकटेर राखेको छ । जसले गर्दा पुरुषले आफ्नै छोरी, बुहारी, बैनीलाई समेत शारिरीक र मानसिक शोषण गर्न पछि पदैनन् ।

पितृसत्तात्मक संरचना भित्र महिलाहरु कहि कतै सुरक्षित छैनन । चाहे त्यो आफ्नै घर होस, छिमेकी होस वा समाज होस । पछिल्लो घटना क्रमलाई हेर्दा हेटौडाको सुस्मीता कार्की मृतक उनका श्रीमानको दुर्घटनामा परि केही महिनाअघि मृत्यु भयो । श्रीमानको मृत्युको शोकमा डुबेकी महिलालाई यस्तो ब्यवहार गरिन्छ मानौ उनी आफैले हत्या गरेकी हुन । घरमा मेरो छोरा, दाई, भाई खाईस भन्नेर आरोप लगाउने, मानसिक यातना दिनेहरु महिला पुरुष दुबै हुन्छन् । अन्तत् विभम्स तरिकाबाट परिवारका सदस्यबाटै उनको हत्या हुन्छ । प्रहरीका अनुसार सुस्मीतालाई ससुराले जबर जस्ती करणी गर्न खोजेको, उनका सम्बेदनशील अङ्गमा हात लगाउन खोजेको तथ्यहरु बाहिर आउछन् । यस्ता घटनाहरु समाजमा धेरै घटेका छन् । जसको जल्दो बल्दो उदाहरण अंङ्गीरा पासी बनेकी छन । १३ बर्षकी बालीकालाई फकाएर बलत्कार गरिन्छ र सजाएको सट्टा बलत्कारी संग विवाह गराईन्छ । जस्को परीणम मृत्यु भयो ।

कही घरमै झुन्नाएको कही जङ्गलमा झुन्नाएको बनाईन्छ । आज अंगिरा पासि महिला, महिला भित्र दलित, दलित भित्रपनि मधेशी दलित महिला । आज उनि जाति, भाषा, लिङ्गका आधारमा बहुरुपमा शोषीत पिडित बनेकी छन् ।
श्रीमती मर्दा पुरुषको पुन विवाह गरीदिने समाज छ । तर श्रीमान मर्दा महिला विभिन्न अपशब्दले गाली गलौच गर्ने, पुरुष भनौदाहरुले कुदृष्टिले हेर्ने, कुव्यावहार गर्ने र हत्या समेत गर्न पछि पर्दैन । तर तीनै महिला आमा, दिदीबैनीको सम्मान सुरक्षा गर्नु पर्छ भन्ने हाम्रो समाजमा चेतना छैन ।

यो पितृसत्तात्मक संरचना समाजमा यसरी हाबी भयो कि यसले महिलालाई शताब्दियौ देखि शोषण, उत्पिडन गर्दै जहिले पनि किनाराकृत गरिरह्यो । हामी अक्सर महिला गफीरहदा महिलाकै कुरा काट्ने, महिलाकै गल्ती निकाल्दै दोषि देखाइदिने गरेको पाउछौ । जस्तो कि उदाहरणका रुपमा मेरो गाउँको दिदी माथी भिनाजुले सौता हाले पनि त्यसमा भिनाजुको दोष देखेन समाजले उल्टै दिदीलाई टाठी बाठी नभएको भन्ने भिनाजुलाई भरोसा धेरै गरेको भन्ने आरोप लगान्छ । यहाँ सम्मकी माईती पक्षका केहि महिलाले समेत दिदीकै गल्ती देखाउन पछि परेनन । श्रीमानले अर्की बिहे गरेको छ भने महिलालाई नै दोष देखाउदै उल्टै गत्तिली भएको भए के श्रीमानले अर्की ल्याउथ्यो त भनेर उल्टै प्रश्न गर्ने कुरा काट्ने गर्छन् । श्रीमानलाई तह लगाउन नसकेकी, केही नीउ नपाए कति लाटी होस त केही थाहा नपाउने आफ्नो श्रीमान कहाँ जान्छ के गर्छ भनेर ख्याल गर्न नसकेको भन्दै उल्टै महिलालाई नै दोषि करार गरिन्छ । दिदी घरकै काममा ब्यस्त हुने हुदा ख्याल भएन होला घरमा पनि ठीक्कै छन फेरी झगडा गर्ने भए पो थाहा हुन्थेयो । ब्यापार गर्ने मान्छे संङ्गखा गरीरहन ठीक लागेन्छ दिदीलाई तर यहाँ पनि दिदीको लापरवही भन्ने महिला नै थिए । श्रीमान श्रीमतीको मात्र नभएर हरेक सम्बध भरोसामा बिश्वासमा चलेको हुन्छ । तर विश्वास घात गरेपछि कस्को के लाग्छ । जुन अर्की श्रीमती थिइन ती महिलाको पनि छोरा छोरी थिए । श्रीमान बाहिर त्यहा ती महिलाको छोरा छोरी माईती समाज सबैसंग नाता तोडियो श्रीमानले पनि अर्की बिहे गरे । त्यहाँ पनि महिलानै पिडीत देखिन्छ । मैले ती महिलालाई ठीक भन्न खोजेको होईन तर समाजले महिलालाई मात्र सजाएको ब्यवस्था किन गरेको छ भन्ने हो । तर (भेनाजु) पुरुष न परे कही कतै बन्देज भएन ससुराली जादा पाउने सम्मान पाएकै थिए । घरमा बुवाआमा संग पनि सम्बध राम्रै थियो । ईष्टमीत्रले पछाडी कुरा काटेपनि अगाडी भन्ने हिम्मत कसैको थिएन । छरछिमेकले राम्रै ब्यवहार गरेको थियो । समाजले पनि कही बन्देज गरेन ।

यसरी घरमा श्रीमती हुदा बाहिर सम्बध राख्दै हिड्ने र बहुपत्नी राख्ने त्यो पुरुषलाई केही भन्न सक्दैन । किन भन्दा आर्थीक, सामाजिक रानजनैतिक, धार्मिक र सांस्कृतिक पक्षमा पुरुषबाद हाबी भएको हुन्छ । यसरी पितृसत्ताले महिलालाई यसरी पाठ पढाई दियो महिलाले महिलामै दोष देख्न थाले । यसरी महिलामाथी हुने दमन, शोषण, हिँसा, अन्यायमा पुरुषबाद हावी देखिन्छ । पुरुषबाद नै पितृसत्ता हो । यसरी पुरुषबाट पनि महिला र महिलाबाट महिला नै शोषित भएका छन । अब यसको अन्त्य हुन जरुरी छ । महिला हत्याहिँसा किन बढिरहेको छ । त्यसको खोजिनिति हुन जरुरी छ । महिलाबादीहरु , महिला अधिकार कर्मीहरु पुन बिचार र अध्ययन अनुसन्धान गर्न जरुरी देखिन्छ । र अन्त्यमा जब सम्म महिला समताको पहल हुन सक्दैन तब सम्म समाजमा पितृसत्ता हाबी हुन्छ । जब सम्म पितृसत्ता समाजमा रहन्छ त्यतिन्जेल समाजमा कुनै न कुनै बाहनामा महिला पिडित हुने गर्छन तसर्थ हामी सबै मिलि सुरुमा पितृसत्तातमक संरचना भत्काउदै परिवर्तन तिर लाग्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पितृसत्तात्मक संरचनाको दलनमा महिला" A few seconds ago

सम्बन्धित खवर