सुन्दरहरैचाको विराटचोकमा आगलागी, ५ घाईते – Satabdi News

सुन्दरहरैचाको विराटचोकमा आगलागी, ५ घाईते

असार १५, सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका-१२ स्थित विराटचौकमा आगलागी भएको छ ।

पुर्वपश्चिम महेन्द्र लोकमार्गको दक्षिण भागमा रहेको ए वान खाजा घर , पाेख्रेल स्टाप होटल र धनकुटे समिर स्टाप होटलमा आगलागी भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

होटलमा रहेको १० सिलिन्डर मध्ये ६ वटा सिलिन्डर पट्कीएको स्थानीयहरु बताउँछन् । स्थानिय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रण लागाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । उनीहरुको सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको छ ।

करिब १ बजेबाट शुरु भएकाे आगलागीले टिनको छानाे भएको ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । करिब १ बजेबाट शुरु भएकाे आगलागीबाट टिनको छानाे भएको ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । ईटहरी, दमक, बेलबारी, सुन्दरहरैचा वारूणयन्त्रको र स्थानीय बासीहरुको सहयोगमा आगलागी नियन्त्रणमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचाको विराटचोकमा आगलागी, ५ घाईते" A few seconds ago

सम्बन्धित खवर