नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप – Satabdi News

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

१४ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन ।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको बताए ।

उनले भने, ‘एक–दुई जनाबाट झगडा सुरु भएको झगडाले उग्ररुप लिएको हो । एक दर्जनभन्दा बढी घाइते भएका छन् । अहिले स्थिति नियन्त्रणमा छ ।’

घटनामा गोलीको छर्रा प्रहार भएको उनले जानकारी दिए । तर, कुन पक्षबाट प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।

स्थानीय भने घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको बताउँछन् । साथै, गोली पनि कांग्रेसकै समूहबाट प्रहार भएको उनको दाबी छ । सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो ।
अनलाईनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप" A few seconds ago

सम्बन्धित खवर