दलित समुदाय माथिको विभेद र आजको अवस्था – Satabdi News

दलित समुदाय माथिको विभेद र आजको अवस्था

विष्णु कुमार वि.क

अहिले नेपाली समाजमा एक समुदाय बिगत एक महिना देखि निरन्तर आन्दोलित छन् । उनीहरु न्याय र सामाजिक रुपान्तर र मान्छे भएर मान्छे हुन पाउने लडाई लडिरहेका छन् । कोरोना भाइरसको महामारीले समाज आक्रान्त भैरहर्दा पनि न्यायका निम्ति युवा, विद्यार्थी लगायत विभिन्न राजनैतिक दलका नेताकार्यकर्ता सडकमा प्रदर्शन गरिरहेका छन् ।

आज २१ औ शताब्दीमा रुकुममा घटित नरसंहार र नेपाली समाजमा जातिय आधारमा हुने हत्याहिसां अझै पनि नेपाली समाजमा मनुवादी हिन्दु आधारित जातिय संरचनाले कति विकृत रुपमा झाङ्गिएर बसेको भन्ने कहालि लाग्दो अवस्था देखिन्छ । गणतान्त्रिक नेपालको जातिय व्यवस्थालाई हेर्दा अझपनि हामी राणा शासन युग भन्दा माथि उठ्न नसकेको देखिन्छ ।

दक्षिण एसियाली उप–महादीपको आजको भारत करिब ३५ सय बर्ष अधि बर्ण ब्यबस्थाको जग हलिसकेको थियो भने मानिन्छ । ई.पु. ६०० को आसपासमा पुग्दा वर्ण ब्यबस्थाभित्र छुवाछूत समेत थप भैसकेको देखिन्छ । यो क्रम अघि बढने सिलसिलामा करिब दुई हजार बर्ष पहिले राजा मनुको शासनकालमा छुवाछूत सहितको जातीय ब्यबस्था लाई कानुनी रुपमा कठोर पारिदै गयो । त्यस बेलादेखि समाजमा सबै भन्दा आर्थिक स्थिति कमजोर (तल परेका) श्रमजीवी बर्ग (जनता) बीच फुट पर्ने र शोषक वर्गिय कठित उच्च जातीय शासनलाई दीर्घजिबि बनाउन छुवाछूत सहितको जातीय ब्यबस्था फैलिन पुग्यो । भारतबाट हिन्दु धार्मिक शासन र जनता आजको नेपाल प्रबेस गर्ने क्रमसगै यहाँ पनि यो जातीय ब्यबस्था आइपुगेको कुरा इतिहासमा छलङ्ग देखिन्छ ।

नेपालमा सामन्ती जहनिय राणा शासन विरोधी प्रजातान्त्रिक आन्दोलन देखिनै दलित मुक्ति आन्दोलन पनि सङ्गठित रूपमा सुरु भयो । त्यस्तै २००३ सालदेखि २०२३ सालसम्म दलित सगठनको नाम कहिले अचुत वा पिछडा जस्ता शब्द दलित समुदाय लाई चिनाउनै प्रयोग गरियो ।

आज मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र आई सक्दा पनि दलित माथि भइरहेका घटनाहरुलाई समग्र मुलुक मै महामारिका रूपमा रहेको जातीय छुवाछूतको तराई र सुदुरपश्चिम क्षेत्रमा अरु ठुलो दुस्प्रभाब रहेको छ । मधेश भित्र पनि यस जातिय व्यवस्थाले निकै असर गरेको देखिन्छ । यस जातिय व्यवस्था सामाजिक सुधारका लागि एउटा ठुलो चुनैतिको रुपमा रहेको छ । जसले दलित वर्गलाई सधै समाजको पिधको दलनमा पारेको छ ।

आजको युगसम्म आइपुग्दा पनि दलित समुदाय जातकै आधारमा मारिनु, कुटपिट हुनु, बलात्कुत हुनु जस्ता घटनाले समाजको अनुहारमा कालो पोतेको छ । अजित मिजारका शव न्यायका निम्ति शिक्षण अस्पतालमा बिगत ४ वर्ष देखि रहेको छ । रुकुम जाजरकोट युवाले कसैलाइ माया गरेकै निहुमा नबराज लगयत ५ जना गनका साथीको नरसंहार, सेते दमाई छोरा अन्तर जातीय बिबाह गरेकै करण हत्या, कालिकोट मानवीरे सुनार र मुना सार्की बिबेद कारण मारिनु,  धानकोटा कि १३ र मोरङकि १४ बर्सिय वालिका सार्बर्जानिक पदमा धारण गरेको कारण ब्यक्ती बाट बलात्कृत हुनु घरको पिडी छोएको नाममा १५०० जरिवाना तिराउनु, पोखराको मोहन सुनार सार्बजनिक किरियापुत्रि भबन प्रयोग गर्न नपाउनु, जाजरकोटबाट वडा अध्यक्ष राम नेपाली कुटिनु, कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमितले अस्पताल नपाउनु मुर्दा जलाउने आर्यघाट नपाउनु, दलित मर्दा शख बजाउन नपाउनु जस्ता घटना क्रमले नेपाली समाजमा शदियौ देखि मनुस्मृतिमा आधारित राज्य ब्यबस्थाले दलित महिला मात्र होइन दलित पुरुषलाई समेत मानसिक, समाजिक रुपमा बलात्कार गर्दै आएको तथ्य हाम्रो आखा अगाडि छल्ङ्ग छ । नेपालको सन्दर्भमा जयस्थिती मल्लले वि.स १४३६ मा मानब न्यायशास्त्र र वि.स. १९१० को मुलुकी ऐन मार्फत जङ्ग बहादुर राणाले सर्बसाधारणको अन्तरजातीय विवाह यौन सहकार्य र सहभागीता सामाजिक स्वअस्थित्व जातको आधारमा राज्यले नियमन गर्ने तर्फ केन्द्रित गर्‍यो । जसले गर्दा मानव-मानव बीचमा जातिय पर्खाल खडा गरियो । वि.स. २०२० को मुलुकी ऐनले जातिय विभेद विरुद्ध बारे केहि गर्न खोजे पनि त्यो प्राप्त थिएन । त्यस्तै २०६३ जेठ २१ गते तत्कालीन प्रतिनिसभाले नेपाल लाई छुवाछूत मुक्त रास्ट्र घोषण गरेको थियोे । सरकारले यो दिन २०६८ देखि हरेक बर्ष छुवाछूतमुक्त घोषण गरेको छ ।

त्यसै गरि सरकारले २०६८ जेष्ठ १८ देखि लागू हुने गरि जातीय भेदभाव तथा छुवाछूत (कसर सजाय) ऐन २०६८ कार्यान्वयन मा ल्याय पनि दलित माथि विभेद अझै हट्न सकेको छैन । यदि तथ्यमा आधारित विषयमा बहस गर्दा कोहि कसैले आफुलाई भनेको मानी कथा जतिकै लामो जवाफ लेख्ने छन । विषयान्तर गरि अर्थ हिन बहसमा तातिने छन । र सजालले एउटा न्यायको काम गरेको छ । विभेद बचाइ राख्नु बिचारा बुढा बुवा आमा दोषी कि ? शिक्षा र चेतनाको धमण्ड गर्ने छोराछोरी दोषी प्रष्ट छुट्याने काम गरेको छ ।

अबका दिनमा यस जातिय कुसंस्कारलाई हटाउनका लागी हामी सबै आफ्नो ठाउँबाट लड्न जरुरी छ । यो समस्या कुनै दलितको मात्र नभएर सम्पुर्ण न्यायप्रेमि समुदायको पनि हो । यस जातिय व्यवस्था हटाउनका निम्ति हामी सबै जिम्मेबार हुन जरुरी छ । त्यसका निम्ति राज्य, राजनैतिक दल अझ बढी जिम्मेवार हुन जरुरी छ । अन्तमा जातिय आधारित हत्याहिसां भैरहेको देख्दा हामी भित्रको मानवता लाई प्रश्न गने बेला पनि आएको छ । अन्तमा यस ३००० वर्ष देखि समाजमा कंलकका रुपमा रहेको जाति व्यवस्था विरुद्ध लड्का निम्ति हामी सबै एक ठाउँमा आएर लड्न बाहेक अरु विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दलित समुदाय माथिको विभेद र आजको अवस्था" A few seconds ago

सम्बन्धित खवर