किरात राई विधार्थी संघद्वारा २०७७ सालको भित्ते पात्रो सार्वजनिक – Satabdi News

किरात राई विधार्थी संघद्वारा २०७७ सालको भित्ते पात्रो सार्वजनिक

असार ४, ईटहरी ।  किरात राई विधार्थी संघ केन्दीय कार्य समितिले प्रकाशन गरेको विस २०७७ सालको भित्ते पात्रो इटहरी स्थित होटल मनशान्तमा एक कार्यक्रम गरी सार्बजनिक गरेको छ ।

कोरोना भाईरसको महामारिको कारण यस अघि नै प्रकासन भएको उक्त पात्रो आज मात्रै सामाजिक दुरि कायम गरि सार्वजनिक गरिएको संघको केन्दीय अध्यक्ष रामचन्द्र राईले बताए ।

किरात राई विधार्थी संघका संस्थापक भिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघकै संस्थापक दिपेश राई, मानभगत चाम्लिङ, संघका पुर्ब उपाअध्यक्ष देवान किराँती, संघका पुर्ब सुनसरी अध्यक्ष जीवन राई, किरात राई यायोक्खा इटहरी प्रा का सका सहसचिव शिव राई, किरात राई सुम्निमा संघ इटहरी उपमहानगर अध्यक्ष बन्दना राई, किरात राई सुम्निमा संघ इटहरी प्राकस सचिव माया राई, किरात लोहोरुङ राई समाज इटहरी उपमहानगर समितिका अध्यक्ष डिबि लोहोरुङ राई लगायतले भित्ते पात्रो प्रकाशन गरेकोमा बधाई दिदै शुभकामना ब्यक्त गरेको छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संघका संस्थापक भिम राईले, “समाज, समुदाय र राष्ट्र परिबर्तनका लागि बौदिक र सचेत जमात र परिबर्तनकारी राज्यको अभिन्न अङगको रुपमा स्थापित भएको बिधार्थी संघको उक्त काम प्रशम्सनिय र महत्वपुर्ण दस्ताबेज भएको उल्लेख गर्दै संघको उदेश्यबाट बिचलित नभई जुन उदेश्यले संघ निर्माण गरेको हो सो उदेस्य प्राप्तिको लागि हिमाल झै अटल भएर उभिन र शसक्त भएर डट्न अनुरोध गरेका छन् ।”

यसै गरी संघका केन्दीय अध्यक्ष रामचन्द्र राईले, “यो देश बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक बिबिधतायुक्त समिश्रणको देश भएको बताउदै जस्ले भष्मे खोरिया फाडेर यो देशमा बस्ती बसायो, बस्न योग्य बनायो आज तेहि किराँती समुदाय २५० औ बर्ष देखि राज्यको मुलधारमा समाहित हुन नसकेको बताउदै राज्यको विभेदकारी चरित्रको खन्डन गर्दै सामाजिक न्याय, समानता,अधिकार र पहिचानको लागि निरन्तर संघर्ष गरिरहेको र न्याय र अधिकार प्रप्तिको आन्दोलन अझै शसक्त बनाएर लाने बताएका छन् ।” शिक्षालाई ब्यभारिक, बैज्ञानिक र प्रयोगात्मक र युग सुहाउदो बनाउन मातृभाषामा अध्यन अध्यापन गर्न पाउने ब्यबस्था गर्न सरकारको ध्यानकर्षण समेत गराएका छन् ।

शिक्षाको बर्तमान पाठ्यक्रमले सबै समुदायको भावना र मनोविज्ञानलाई समेट्न नसकेको बताउदै राज्यको पाठ्यक्रम एउटा खाले र समुदायको सामाजिक जनजिवन र आचारण अर्कै खाले भएको कारण समुदायका धेरैले औपचारिक रुपमा शिक्षामा प्रबेश गरेता पनि सहि रुपमा उक्त पाठ्यक्रमलाई अनुसरण गर्न नसक्दा आफ्नो पढाईलाई बिचैमा छोड्नु पर्ने तितो याथर्त भएको बताएको हो । अहिलेकै पाठ्यक्रमको ढाचा र ब्यबस्थाले सबै समुदायको शिक्षामा समान पहुच पुग्न नसक्ने बताउदै पाठ्यक्रमको पुनरालोकन गरि कम्तिमा ४० प्रतिसत पाठ्यक्रमको अंश यहाका बिभिन्न उत्पिडित समुदायको जनजिवन र मनोविज्ञान समेटेर निर्माण गर्नु पर्ने बताएको हो । दशकौ देखि यहाका विभिन्न भाषिक समुदायले आफ्नो मातृभाषामा अध्यन अध्यापन गर्न पाउनु पर्छ भन्दा बेवास्ता गर्ने सरकारले एक पटक सरकारी तह बाटै मृत भैइसकेको संस्कृत भाषालाई मात्र यहि शैक्षिक सत्र देखि पुन सुरु गर्ने सरकारको योजना बिभेदकारि भएको बताउदै सबै भाषालाई उतिकै सम्मान र ब्यभार गर्न सरकारको ध्यानकर्षण समेत गराएका छन् ।

फरक राजनितिक बिचार र आस्थाकै आधारमा हाल सम्म बेपत्ता पारिएका संघका संस्थापक अध्यक्ष नवीन राईको सिंघ्र सार्बजनिकरण गर्न राज्य समक्ष माग गर्दै अध्यक्ष राईले कोरोना माहामारीको विषम परिस्थिती संग सामाना गरिरहेका विश्व मानव समुदायको स्वास्थ्य लाभको कामना गर्नु भयो साथै उक्त कोरोनाबाट मृत्यु भएकाहरुलाई श्रदान्जली अर्पण गर्दै संङक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई विधार्थी संघद्वारा २०७७ सालको भित्ते ..." A few seconds ago

सम्बन्धित खवर