ज्वाईले गर्यो आफ्नौ सासुआमाको हत्या – Satabdi News

ज्वाईले गर्यो आफ्नौ सासुआमाको हत्या

जेठ २९, मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–१ मा रहेको फुलबारीमा ज्वाईले सासुआमाको हत्या गरेको छ । गढी–१ निवासी ७२ बर्षीया कान्छीमाया बम्जनको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गर्ने ज्वाईलाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतक महिलाकै ज्वाई प्युठान घर भई हाल गढीमा नै बस्दै आएको ३९ बर्षीय पदम बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी नेपाल प्रहरीका पुर्व हवल्दार समेत रहेको थियो ।

उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक रानाले बताए । घटनास्थलमा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर राना सहितको टोली पुगेर अनुसन्धान गरेको थियो। बृद्धको शव पोष्टमार्टमकालागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ज्वाईले गर्यो आफ्नौ सासुआमाको हत्या" A few seconds ago

सम्बन्धित खवर