राजसस्था र राष्ट्रियता – Satabdi News

राजसस्था र राष्ट्रियता

नेल्सन घलान

राजसस्था देशको अग्रणी सस्था थियो । राजसस्था हुदा सम्म पश्चिमाहरुको लागि मुस्ताङ प्रवेशमा रोक लगाइएको थियो । राजदरबार हटाएपछि हाल भने मुस्ताङ् पश्चिमाहरुको लागि खुल्ला गरिएको छ साथै बेला बखतमा मुस्ताङमा प्रश्चिमा सेनाहरु ले सैन्य अभ्यास समेत गर्दै आयका छन । नेपाली राष्ट्रियता, नेपाली भुअखण्डता एवम् नेपाल र नेपालीलाई एक गर्ने नेपालको मुलभुत तत्वहरु मुख्यत ४ वटा थियो ।
(१) नेपाली भाषा
(२) हिन्दु धर्म
(३) राजसस्था
(४) नेपालि सेना

वि.स २०४६ सालको परिवर्तन पछि योजनाबद्द तरिकाले यी ४ कुराहरुमा आक्रमण हुन लाग्यो । बिदेशी शक्तिहरुलाई यति चै थाहा थियो कि राजसस्थालाई पाखा नलगाई अन्य ३ तत्वहरु जस्तै : नेपाली भाषा, हिन्दुधर्म, नेपाली सेनालाई कहिले बिचलनमा ल्याउन सक्दैन । तसर्थ जतिपनि कुराहरु हुन्थ्यो नेपाली राजनीतिमा त्यसको सदर गर्ने अन्तिम बिन्दु भनेको नै राजसस्था हुन्थ्यो । राजा विरेन्द्रले नागरिकता ऎनलाई पटक-पटक अस्विकार गर्ने र पुनरवलोकन गर्ने आदेश दिनुभएको थियो । यसरी बिचौलियाहरुले ल्याउन खोज्ने हरेक बिधयक चाहे त्यो हतियार खरिद गर्ने बिषय होस वा सेना सम्बन्धि विषय होस यी सबैको बाधक राजदरबार बनिदिन्थ्यो । त्यसैले पनि यसलाई सिध्याउनु पर्छ भनि ग्रान्ड डिजाइनबाट दरबार हत्याकाण्ड गराइयो । जब राजसस्था देशबाट हटाइयो, अनि धर्म निरपेक्षताको नाममा हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो । बिस्तारै नेपाली सेना माथि नि आक्रमण गरियो र हाल भने नेपालि भासा माथि आक्रमण गर्ने प्रयास गर्दैछन । परिवर्तन को नाममा यि सबै भयो १७ हजार नेपालि मर्ने – मराउने काम भयो तर के पायो नेपालि जनताले ? आफ्नो देशको संस्कृति मेटाइयो । नेपाली भुभाग अर्काको प्रयोगशाला बनाइएको छ । भष्ट्रचारले सीमा नाघेको छ । देशको उच्च तहको ब्यक्तिहरुलाई जसले जे नि भन्दे भाको छ अर्थात छाडातन्त्र मच्चेको छ । सेनालाई औला तेर्सायर मनलाग्दि भनेका छन । ट्राफिक, पुसिलहरुलाइ त मान्छे गन्दैनन । कठै मेरो देशको कमचारीको अवस्था त छन नाजुक छ । एक सचिवले नेताको हातबाट कुटै खानुपर्छ । परिवर्तन को लागि भनेर हिजो यी सब गराउने माओवादि आज फेरि किन जङल पस्दैछ ? कठै हाम्रो देश र हामी नेपाली । हामीले आफ्नो घरको दरबार लडाएर आज हजारौ विदेशिहरु को दरबारहरु ठडाउन मद्दत गर्यो । खैर यो प्रसङलाई थाति राख्दै नेपालि राष्ट्रियता, नेपाली भुअखण्डता एवम् नेपाल र नेपालीको हितको लागी नेपाली भाषा, हिन्दु धर्म, राजसस्था र नेपालि सेना अपहार्य रहेको छ यसको रक्षा गर्नु हामि सबैको कर्तब्य हुनेछ ।

अन्त्यमा आज जेठ १९ गते नेपालीले कहिल्यै बिर्सन नसक्ने लोकप्रिय राजा बीरेन्द्र र दिवंगत राजपरिवारमा हार्दिक श्रद्धाञ्जली !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजसस्था र राष्ट्रियता" A few seconds ago

सम्बन्धित खवर