रुकुम घटनाः जातीय हत्याहिंसा विरुद्ध मौन बस्दाको परिणाम – Satabdi News

रुकुम घटनाः जातीय हत्याहिंसा विरुद्ध मौन बस्दाको परिणाम

लक्ष्मी सुनार

जेष्ठ १५ अथार्त गणतन्त्र दिवस । नेपालमा गणतन्त्र मनाईरहरदा लाखौलाख दलित समुदायले गणतन्त्रको अनुभुती  गर्न सकेन्न । रुकुमको नरसंहारले सम्पुर्ण दलित तथा मानवता वादीहरुको मनलाई क्षेतबिच्छेद बनाइदिएको छ । जातिय आधारमा नरसंहार हेर्दा नेपालमा राजतन्त्र फालेर जनताले आफ्ना लागि ल्याएको गणतन्त्रमा दलितको अवस्था अझै  समाजमा कस्तो रहेछ भनेर स्पष्ट  हुन्छ । यस व्यवस्थाको निम्ति हजारौ हजार जनसमुदायले आफ्नो बलिदान, आहुति दिएका छन् । लामो त्याग साथै संघर्षले स्थापित गणतन्त्र स्थापना भएको पनि १३ वर्ष पुरा भैसकेको छ । तर दलित समुदायहरु अन्तरजातिय विवाह पेम सम्बधका कारण दिनदाहाडै कथीत उपल्ला जातिबाट नरसँहार हुन्छन् । आज शासन व्यवस्थालाई हेर्दा जनताकै छोराछोरी निर्वाचित भएर विभिन्न तहतप्कामा पुगेका छन् तर समाजको जाति व्यवस्था ? केहिले दल र नेताले राजनैतिक मुद्दा सकिएर समृद्धि तिर केन्द्रित हुनुपर्ने तर्क राखिरहेका छन् । तर हामीले गणतन्त्र मनाईरहदा जातिय आधारमा रुकुममा घटेको नरसंहारले र रुपन्देहिमा बालिकाको हत्याले हाम्रो समाजमा जकडिएर रहेको जातिय चेतनामाथि गणतान्त्रिक नेपालमा ठुलो प्रश्न खडा गरेको छ ।

२१ औ शताब्दीमा अन्तरजातिय विवाहका कारण निर्वाचित प्रतिनिधिको नेतृत्वमा गाउँले नै जाति विशेषका आधारमा सामुहिक नरसंहार हत्या तान्डप मचाउनु र ६ जना युवाहरुले अनाहकमा आफ्नो ज्यान गुमानु नेपाली समाजमा कहिले नमेटिने एउटा कलङ्क हो । विभिन्न तर्कहरु आईरहेका छन । तर के त्यो तर्कले समुहिक रुपमा भएको नरसंहारको जायज  मान्न सकिन्छ । के तर्कले मानवको हत्यालाई जायज ठहराउन सकिन्छ ? कानुनी सजायका विभिन्न उपाए थिए होलान तर गाउँले नै घेराबन्दि पारेर हत्या गर्नु त्यो पनि जनयुद्धको उद्धम स्थलमा । त्यो जस्तो अमानविय घटना अरु के होला । विभिन्न तर्क वितर्क हेर्दा पढ्दा हामी जति परिवर्तन भएको कुरा गरे पनि हामीहरुमा रहेको जाति आधारीत चेतनामा परिवर्तन हुन नसकेको देखिन्छ । यस्तो नरसंहार घटना किन घट्यो त ? एउटै उत्तर छ । त्यो हो जातिय आधारित समाज ।

राज्यले जातिय आधारित हत्याहिसा शसक्त रुपमा कदम चाल्न नसक्नु, त्यस्तै गरि पीडकलाई कानुनको कठघरामा उभ्याउन नसक्नु नै हो । राज्यले कानुन बनाएर, त्यस कानुन बमोजिम पिडितलाई न्याय दिनलाई उदासिन भएकै कारणले नै आज रुकुममा नरसँहारका निम्ति केहि वर्ग, समुदायलाई हिम्मत मिल्यो । यदि यस घटनालाई राज्य र सम्बन्धित पक्षबाट ध्यान पु¥याएन भने फेरि फेरि यस्ता खालका घटना नघट्ला भन्न सकिदैन ।

अन्तरजातिय प्रेमकै कारणले अजित मिजार मृत शरिर ४ वर्ष देखि टिचिङ्गको शवगृहका न्याय कुरिरहेको छन । जातकै आधारमा दलितहरु माथि भैरहेको घटना हेर्दा कुन चाहि न्याय प्रेमिको मन नकुडिएला र ? जनप्रतिनिधि जातिय विभेदमा परेको, दलित महिलाको सडकमा पानी छर्केको भन्दै कुटपिट, अन्तरजातिय विवाह गरेको भन्दै काज क्रियामा विभेद, दलित वडा सदस्यको हत्या, दलितले क्रिरीया क्रर्मका निम्ति समाजिक क्रिरीया पत्रि भवन पाएनन् यस्ता उदाहरणहरु हप्तादिन बिराएर समाचार बन्ने गर्छन । यसले वषौ देखि समाजमा लादिएको हिन्दु मनुवादी सँरचनाले कसरी हाम्रो मष्तिकलाई प्रदुषित पारेको छ जसले मानवता नै भुलेर मानिसलाई पशु भन्दा तल्लो देखेर जातकै नाममा अपराध गर्न पनि पछि पदैन  । आज नवराज बि.क.र उनका साथीहरुलाई जसरी लखेटि लखेटि मारिएको छ यो भनेको हाम्रो दलित समुदायका लागी रचिएको कोत पर्व हो ।

दलित सुदायको योगदान ईतिहासका बिभिन्न समयमा राज्य परीवर्तनका निम्ति देशका निम्ति योगदान दिएका छन । जनयुद्ध र जनआन्दोलनमा पनि धेरै दलित सहिद भए र दलित समुदायको साथ सहयोग बिना जनयुद्ध सफल हुने पनि थिएन । उनीहरुले किन जनयुद्धमा हुमिए भन्दा माओबादीले जातीय छुवाछुत मैत्रि समाज, सबै बराबर समान समाजको निर्माण गर्छौ जस्ता नारा लिएर गाउँ गाउँ छिरेका थिए । दलितहरुले पनि मनुवादी हिन्दू धर्म व्यवस्थामा आधारित जाति बादी समाजको संरचनालाई परीवर्तनका लागी होमीएका थिए तर आज उनीहरुलाई राज्य सत्तामा पुग्ने एउटा सिडीको रुपमा मात्र प्रयोग भए ।

अहिले जाजरकोट भेरी नगरपालीका ४ खलंगा निवासी नवराज बि.क.र रुकुम पश्चिम चौरजहारी वर्डा ८ सोतिकी सुष्मा मल्लबीच तीन बर्ष देखि प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा फेरि जातकै आधारमा नवराज वि.क र उनका साथिहरुले मृत्युवरण गर्नु पर्यो। गणतन्त्र पछि सयौ जातिय घतना घटेका छन्, दर्जन बढिले ज्यान गुमाएका छन् । प्रत्येक घटना क्रमलाई हेर्दा दलित समुदाय जातकै आधारमा दैनिक रुपमा मानसिक र शारिरीक रुपले अपमानित, कुटपीट र हत्याहिसाको सिकार हुने गरेको देखिन्छ । अब पनि हामी यस्ता विभेद्ध विरुद्ध बोलिएन भने हामीले यस्ता जातिय कुसंस्कारलाई समर्थन गरेको देखिन्छ ।

सरकार र सम्बन्धित निकायले जाति व्यवस्था आधारित विभेद विरुद्ध बनेका ऐन कानुनलाई किताबमा मात्र सिमित गरि कार्यन्वयनमा ध्यान पु¥याउन नसक्दा पिडकलाई हौसला पुगेको देखिन्छ । अब हामिले फेरि पनि मोन बसेर आवज नउठ्ए फेरि पनि जातिय आधारमा सेते दमाई, अजित मिजार, नवराज वि.क जस्ता हजारौले अकालमै आफ्नो ज्यान गुमाउनु पर्ने देखिन्छ । तसर्थ यदि हामीले समाजबाट जातिय कुसंस्कार हटाएर समतामुलक समाज निर्माणका निम्ति हरेक विभेदका विरुद्ध हामि सबै आ–आफ्नो ठाउँबाट बोल्न जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रुकुम घटनाः जातीय हत्याहिंसा विरुद्ध मौन बस्दाक..." A few seconds ago

सम्बन्धित खवर