कोरोना माहामारीको आखीझ्यालबाट बिगतको समृद्धि बहसलाई निल्यादा ! – Satabdi News

कोरोना माहामारीको आखीझ्यालबाट बिगतको समृद्धि बहसलाई निल्यादा !

रवि सेन्चुरी

नेपाल चेत्र ११ देखि लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सरकारले आफ्ना सिमा क्षेत्र बन्द गर्नुका सँगै नेपालभित्र लकडाउन गरेको छ । लकडाउनको अर्थ जो जहाँ छौ त्यहि बस्नु हो । तर यो बिचको अवधिमा मानिसहरु आफ्ना लालाबाला सहित अस्थाई बसोबास (शहर) छोडि सयौ किलोमिटरको पैदल यात्रा गरेका करुणदाणी खबरहरु आएका छन् । उनीहरुलाई आफ्नो घर पुग्न भोकप्यास नभनी आफ्ना जिवन दाउँमा लगाएर कष्ठ्कर यात्रा गर्न किन बाध्य भए ? यो बिचको अवधिमा खाद्यान्नको अभावले गर्दा दलित त्यसमा पनि मुसहर समुदाय, ज्यालादारी गरेर जिविका चलाइरहेका परिवारमा खाद्यान्न र अति आवश्यक वस्तुहरु अभाव भएका खबरहरु आउने क्रम जारी छ । अस्पतालहरुमा किट, पिपिइ साथै औषधिहरुको अभाव, डाक्टर, नर्स र स्वास्थ्य क्षेत्रमा सेवारत कर्मचारीका सुरक्षा जोखिमको त्रास, सम्बन्धित निकायको ढिलासुस्ती, क्वारेन्टाइनमा आवश्यक पुर्बाधारको कमि र सीमापारि हजारौ नेपाली अलपत्र र पछिल्लो समय नेपालमा बढ्दो कारोना संक्रमण संगै मृत्युका खबरले समाजमा एक प्रकारको भय सृजना गरेको छ ।

नेपालको संविधानमा “समाजवादप्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निमार्ण गर्ने” उद्धघोष गरिको छ । लोकतान्त्रिक गणतन्क्रात्मक देश नेपालमा जहाँ समृद्धिको नारा घन्किन थालेको पनि वषौ वर्ष भैसकेको छ । कोरोना भाइरसले कहर मच्याई रहर्दा हामीले बिगतमा समृद्धिका निम्ति गरेका कामको मुल्यङकन हुदैछ । त्यस मूल्याकंन भित्र मानिस किन पैदल यात्रा गर्न विवश भए ?  किन भोकमरीको पहिलो सिकार दलित लगायत श्रमिक र ज्यालादारी वर्ग बन्नु पर्छ ?  विकट तथा दुर्गम बस्तीहरुमा चामल, सिटामोल साथै अतिआवश्यक वस्तुहरुको अभाव भैरहन्छ ? आदिको उत्तर खौज्न जरुरी देखिन्छ ।  कोरोनाको कहरले कुन वर्ग, समुदाय, क्षेत्र, लिङ्गमा असर परिरहेको छ ? असरको तथ्याङ्कले नै सहि मुल्यकन गर्न केहि मद्दत पुयाउला ।

नेपालमा समृद्ध नेपाल खुशी नेपालीको नारा यथोचित रुपमा कार्यन्वयन भए त ? यो विषयमा बढि गम्भिरताका साथ निर्ममका तरिकाले आजको दिनमा बहस र छलफल गर्न आवश्यकता छ । नेतादेखि कार्यकर्ता, पियनदेखि हाकिम , वडा सदस्य देखि प्रधानमन्त्री साथै सरकारी तथा गैर सरकारी कार्यालयका व्यक्तिहरु, पत्रकार, बौद्धिक व्यक्ति सबै सबैले बढो महत्वपुर्ण रुपमा समृद्धिका नारा घन्काउने गरेका थिए । केन्द्रिय सरकार, प्रदेश सरकार, स्थानीय तह ,राजनैतिक दलहरु घोषणापत्र र पत्रपत्रिका, जर्नलका पानाहरु समृद्धिका शब्दले रङ्गिएका थिए । सरकारी तथा गैरसरकारी सघंसंस्थाहरुको सामान्य होटल देखि पाँच तारे होटल सम्म सेमिनार, बहस चलाइएका थिए । मुख्य प्रश्न समृद्धि कसका लागि आयो ? र कसरी आउदैछ ? रेलको बाटो हुदै हो कि वा सुरुङ्गमार्ग, फास्टट्रक, व्यापार उत्पादन, उधोग कलकारखाना, विधृतगृह, अगला भवन, स्मार्ट सिटी वा के बाट आउदै छ ? समृद्धिले जनताको बास स्थान, सुरक्षा, न्याय, सम्मान, समानता, जनजिवन, दैनिकी जिवन लगायत शिक्षा र स्थास्थ्य प्राप्त गर्न के कस्तो भुमिका खेल्यो ? उत्तरहरु अनुउत्तरीत छन् । विभिन्न अध्यायनका अनुसार समृद्धि जननिवार्चित प्रतिनिधि र उनिहरुको नजिकका व्यक्तिहरुका निम्ति ठेक्कापट्टा र आर्थिक आर्य आजनका स्रोत बनेर आएको देखाएको छ । जसले गर्दा एक्सिभेटर, डोजर आदिको सख्या बढ्न देखिन्छ । आजको दिन सम्म हेर्दा अपबाद बाहेक जनताको स्वास्थ्य, शिक्षा, पुर्वधार निमार्ण भन्दा पनि निवाचित प्रतिनिधि र कर्मचारीहरु करोडौका गाडी, विलासिताको वस्तु खरिद गरेको देखिन्छ भने, तलबभत्ता, सेवासुविधामा नै बढि ध्यान केन्द्रित भएको पाइन्छ ।

समृद्धि आफैमा फराकिलो र ओजिलो शब्द हो । नेपाली बृहत शब्दकोष, नेपाली शब्दसागर, त्यस्तै सँस्कृत र हिन्दीका शब्दकोषहरु हेर्दा सम्पन्नता, पुगिसरि आएको, त्यस्तै अग्रेजी अब्सफोर्ड डिक्शनरीका अनुसार प्रस्पेरिटि को अर्थ पनि सम्पन्न, धनि र सफल जनाउछ । तर अहिलेको अवस्था हेर्दा सामान्य जनताहरुलाई समृद्धि कुन चराको नाम हो भन्ने भएको छ । समृद्धि नारा भित्र रोजगारका अवसरहरु, पूर्वधारहरु निमार्ण, अवसरका खोजि, स्वास्थ्य, शिक्षामा सहज पहुच हुने, स्थानित स्रोतसाधान र ज्ञानको प्रगोग हुने, स्थानिय, प्रदेश र केन्द्रहुदै अन्तराष्ट्रिय बजारका् निमार्ण हुने तर्कहरु अघि बढाइएका थिए । तर ति तर्कहरुलाई बसाई सरि हिडिरहेका पैदल यात्री, भोकाएका पेट, दबाई नपाएर छट्पटाई रहेका बिमारी, बाटोमा थुनिका यात्रि, आर्थिक अभावले अतालिएका मनहरुले खिल्लि उडाइरहेका छन् ।

लकडाउनले व्यक्तिका दैनिकि, जिविकोपार्जनमा प्रत्यक्ष असर गरि हाम्रो दैनिकी जीवनको क्रियाकलापलाई भत्काइ दिएको छ । उद्योगधन्दा, कार्यलय, रोजगारीका केन्द्रहरु बन्द छन् । आर्थिक कारोबार अपबाद बाहेक प्राय शुन्य छ । रोजगारी दिन प्रतिदिन गुम्दै छ । रेमिन्ट्यानले धानिएको देश नेपाल निम्न वर्गिय मानिसको जिवन कष्ठ्कर बन्दैछ । कष्ठ्कर बनिरहर्दा हामीले यो बीच कतिको समृद्धिका पुर्वधार तयारी गरेका रहेछौ । कतिलाई स्वदेश र आफ्ने क्षेत्रमा अवसर सृजाना गरेका रहेछौ । साचिके समृद्धि जनताको घर दैलोमा पुगेको रहेछ त ? उत्तर पिडादायि आउछ । ज्यानको बाजि लगाएर हिडेका पैदैल यात्रीका तातिले , भोकमरी र भ्रष्टचारका आखिझ्याले छरप्रष्ट् रुपमा गिजाइरहेको छ समृद्धिलाई ।

पैदल यात्राहरुलाई हेर्दा प्रया श्रमिक, मजदुर वर्गका छन् । रोजगारीको शिलशिलामा आफ्नो घरठाउँ छोडेर शहर आई, अरुको घरमा भाडामा बसि दुखमसुखम दैनिकी गुजारदै परिवारका लागि आर्थिक गुजरा गदै गरेका मानिस । दलित जो शताब्दि औं देखि जातिय आधारमा अपहेलित र शोषित हुदै आएका छन् । जो जातियसगै आर्थिक दलदलमा पिसिएका छन् अपबाद बाहेक प्रया मजदुरी र ज्यालादारी गरेर दैनिकी जुजरा गर्ने गर्छन । समृद्धिको नाराले कहि कतै उनिहरुको जिवनमा परिवर्तन ल्याएर आएको छ ? निश्चय पनि छैन ।

विश्व कोरोना भाइरस महामारीको आधा विश्व लकडाउनमा छ । लकडाउने गर्दा ज्यालादारी, मजदुरी, किसान, भुमिहिन, निम्न आय भएका मानिस दैनिकी कष्ठकर बन्दैछ । रोजगारी खोसिदै छ । यस्तो अवस्थामा नेपालको भुमिका कस्तो हुन्छ ? त्यो प्रमुख विषय हो ।

कोरोना महामारीको सक्रमणले नेपालमा गरिबीदर वृद्धि गर्ने देखिन्छ । आज कोहि जन्मिँदै राज्यको स्रोत साधन र अवसरमा सहज पहुँच राख्ने अवसर प्राप्त गर्छ भने कोहि जन्मिदै गाँस, बास, कपास ,शिक्षा र स्वास्थ्यको लागि सघर्ष गर्नु पर्ने हुन्छ । राज्यमा गरीबहरु रोग र भोकले मदैछन भने धनी झन भनि बन्दै छन् । यी दुई समुदाय बीच खाडल बढ्दो छ । जसले गर्दा उनीहरुले प्राप्त गर्ने अवसर आकास जमिनको फरक छ ।

कोरोनाबाट भयभित र आक्रान्त भैरहर्दा हामीले विगतका महाविपति, संकटबाट के कतिको पाठ सिक्यौ ? कसरी र कतिको तयारी गरेका रहेछौ त ? तर बिड्म्बना कोरोनाको नाममा आज दण्डहीनता र भ्रष्टाचारको दर दिनप्रतिदिन बढिरहेको छ । जसले गर्दा समाजमा महिला हिंसा, जातिय हिंसा, महङ्गीदरले जनताको ढाड सेकिन पुगेको छ । आज एकाइसौ शताब्दीमा विश्वव्यापीकरणले गर्दा विश्व एउटा समाज भएको छ । कुनै देशले भोगेका सङकट अन्य देशले पनि भोक्नु पर्ने देखिन्छ । रेमिन्ट्यान्सले चलेको हाम्रो जस्तो देश अबका दिनमा निकै नै चुनौतिपुर्ण रहेको छ ।

बिगतमा हामीले समृद्धिको बहस गरिरहर्दा ठुलाठुला घर, चौडा बाटो, रेल र पानी जहाजसग मात्र जोडेर बुझ्ने र बुझाउने गरियो । फलस्वरुप हाम्रा निवाचित जनप्रतिनिधि रोजगारी निर्माण भन्दा नि विलासी बस्तु किन्न, आफ्नालाई  एक्सिभेटर किन्न, किनाउनमा होडबाजि गरे । नेपालमा ठुला ठुला बाटो त खनियो होला तर त्यहाँ दिनरात मजदुरी गरि जीवन चलाउने वर्गले समुदायले के पाए ?

अबका दिनमा समृद्धिले सबै वार्गिय, जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय रुपमा सवै जनतालाई कतिको न्याय दिन सक्नुपर्छ । राज्यको स्रोतसाधनमा जनताको सहज पहुँच, रोजगारी, आम्दानी, नाफा र गरिबिमा रहेको असमानताको खाडल पुर्न सक्नु पर्छ । परम्परागत समाजिक मान्यता, अवसरको असमानता, समाजिक विभेद, स्रोतसाधनको कमी, कृषि उत्पादकत्व र आयमा भएको ठूलो अन्तरलाई चिर्न सक्नुपर्छ त्यसका लागि ठोस नीति र योजनालाई नारा भन्दा पनि कार्यन्वयनमा जोड दिन आवश्यकता छ । नेपालमा ५५ प्रतिशत जनता कृषि पेशामा निर्भर छन साथै ५५ प्रतिशत को ७५ प्रतिशत गरिविको रेखामुनि रहेका छन नेपालमा कुल जनसंख्याको २५ प्रतिशत गरिब रहेका छन । गरिवीको कुरा गरिरहदा गरिबी आर्थिक पक्षसग मात्र नजोडिएर समाजिक ,राजनैतिक वातावरणिय, शैक्षिक तथा स्वास्थ्य उपचारका पक्षहरु सँग पनि जोडीएको हुन्छन् । तसर्थ अहिले सम्म ठुलो, अग्लो, लामो र फराकिला सँरचाहरुको विकासबारे बहस भएहोलान तर अबका दिनमा भौतिक, राजनैतिक, आर्थिक, समाजिक, सास्कृतिक र मनोवैज्ञानिक विकास समृद्धिको बहसमा जोडिन आवश्यक छ । अबका दिनमा समृद्धि जनतालाई झुक्काउने राजनैतिक नारा नहोस् । राज्यको स्रोतसाधन, राजनैतिक शक्तिको असमान वितरण नहोस ।

जुनै धर्म, जाति, समुदाय, लिङ्ग, क्षेत्रको भए पनि हिनताको भावना नहोस् । सबै सबैले आफ्नो क्षमता र योग्यता अनुसारको सम्मान र न्यायपुर्ण जीवन स्वाभिमान पुर्वक बाँच्न पाउनु साथै कोरोना जस्ता संक्रमणले हाम्रो समृद्धिको नतुवाइदियोस् । अबका दिनमा कोहिले पैदैल यात्रा गर्न नपरोस, नाङगो रुपमा शहरको परिक्रमा गर्न नपरोस, भोकमरीले नसताओस । त्यसका निम्ति न्यायपुर्ण पहुँच, वितरण र अवसरको निमार्ण साथै जिम्मेवारी पुर्ण कार्यन्वयन हुन जरुरी छ । साथै कुनै पनि बेला विभिन्न आपतबिपत, सङ्कट, माहाबिपति निम्तिन सक्छ । यसका लागि हामीले आवश्यक पुर्वधारहरुको तयारी गर्न आवश्यक छ । समाजवादप्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निमार्ण गर्नेका निम्ति स्वास्थ्य, शिक्षा लगायत आवश्यक अन्य सेवा सुविधाको सर्वसुलव उपलब्धता र पहुँच हुन जरुरी छ । त्यसका विकास र वृद्धिका निम्ति सरकारको ध्यान जान जरुरी छ । त्यसका निम्ति हामी सबैले आफ्नो ठाउँ बाट खबरदारी गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना माहामारीको आखीझ्यालबाट बिगतको समृद्धि बह..." A few seconds ago

सम्बन्धित खवर