लकडाउन, महिला हिंसा र ८ मार्च – Satabdi News

लकडाउन, महिला हिंसा र ८ मार्च

लक्ष्मी सुनार

कारोना भाइरसको महामारीले विश्वका अधिकाश देशमा लकडाउन छ । नेपाल सरकारले पनि यस संक्रमण रोकथामका निम्ति चैत्र ११ देखि लकडाउन गरेको छ । लकडाउन अझै कति थपिने हो, अनुमान गर्न गाह्रो छ । लकडाउनको समय बढेसँगै हरेक क्षेत्रमा यसको नकारात्मक प्रभाव देखिन थालेको छ । श्रमिक, मजदुर र सामान्य आय भएका परिवारका निम्ति दिनप्रतिदिन अझ कष्टकर बनिरहेको छ । उनिहरुका निम्ति आफ्ना दैनिकी चलाउन पनि धौ–धौ भएको छ । एकातिर कोरोनाले सृजना गरेको सङकट, अभाव र संन्त्रास छ भने अर्काे तिर लैङ्गिक रुपमा महिला भएकै कारणले थप लैङ्गिक मानसिक पिडा र शारीरिक हिंसाका  सिकार हुनु परेको छ । महिलाहरु रोगसँग लडिरहेका बेला लैङ्गिक हिंसा दिनप्रति बढ्नुले अझै पनि हाम्रो समाजमा महिला दिदी बहिनीको अबस्था के– कस्तो रहेको छ भने सहजै अनुमान गर्न सक्छौ । २१ शताब्दी विज्ञान प्रविधि सञ्चारको युगमा महिला सामानता र अधिकारका निम्ति गरिएका सघर्ष, बलिदान, आन्दोलनको लामो इतिहास छ । महिला हिसाका विरुद्ध बनेका राष्ट्रिय अन्तराष्ट्रिय नीति नियम, सन्धि, घोषणा पत्र जारीसगै कानुन बनेका छन् । तर पनि निरन्तर घटिरहने महिला हिसाले यि नीती नियम, सन्धि आदिलाई खिल्लि उडाएको पाइन्छ ।

हामी अहिले कोरोना विरुद्धको लडाईमा केन्द्रित हुने बेला छ । कोरोनासँगै रोग शोक र भोक साथै आर्थिक अभाव लगायत विभिन्न समस्याहरुका बज्र एकै पटक बज्रिन आएको छ । यस्तो अवस्थामा पनि समाजमा महिलामाथि घरेलु हिसा, समाजिक हिसा, बलत्कार, बलत्कारका प्रयास, हत्या, साइबर हमला जस्ता घटनाले महिलालाई अझ बढि पिडित बनाएको छ ।

हरेक वर्ष  ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवस अर्थात नारी दिवसका रुपमा विश्वभरी मनाइने गरिन्छ । यस दिनमा विशेषत महिला अधिकार, महिला सशक्तीकरण, समानता, न्याय लगायतका विभिन्न विषयहरुमा गोलबन्द भएर छलफल, बहस साथै आवाज उठाउने गरिन्छ । यस दिनमा अन्य देशमा झै नेपालमा पनि महिला अधिकार सम्बन्धि विभिन्न संघसंस्था साथै राजनैतिक दलका महिला भातृसगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । समग्र महिलाको मुक्ति र न्यायको बहस चलाइन्छ ।

सन् १९०८ मा १५ हजार बढी महिलाहरुले न्युर्योक शहरमा निस्किएर काम घण्टा काम, उचित ज्यालाका लागि माग गरेका थिए । त्यहि आन्दोलनले नारी दिवसको बिजारोपण गरेका थिए । क्रमश १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगन सम्मेलनले यसलाई अन्तराष्ट्रिय मान्यता दिलाउन मद्दत गर्‍यो । साथै १९७५मा सयुक्त राष्ट्र संघले एउटा थिम सहित विश्वभर मनाउन सुरु गरे ।

यसरी हेर्दा नारी मुक्ति आन्दोलनको इतिहास सस्थागत रुपमा ११२ वर्ष पुरानो देखिन्छ । इतिहास देखि वर्तमान सम्म महिला भएकै कारणले गर्दा अन्याय, अत्याचार, उत्पीडन र विभेदमा परेका महिलाको मुद्दालाई कति र कसरी उठाउने गरिएको छ । महिला भएकै कारणले समाजमा महिलाहरु पितृसत्तात्मक राज्यसत्ता बाट बढी मात्रमा पिडित भएका थिए । जसले गर्दा उनीहरु सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक रुपमा पछाडी परी रहे  ।

तर वर्तमान समयमा विभिन्न आन्दोलनले महिला तथा उत्पीडित समुदायहरुलाई सामाजिक, राजनैतिक, आर्थिक आन्दोलन र परिवर्तनका निम्ति यसले आधार भुमिका खेलेको पाइन्छ ।  विश्वको आधा धर्ती ओगट्ने महिलाहरु, महिला भएकै कारणले लैङ्गिक आधारमा उत्पीडन र विभेदमा अझै पर्नु हाम्रो समाजमा पितृसत्तात्मक संरचनामा परिवर्तन आउन नसक्नु नै हो । जसले गर्दा उनीहरुलाई हरेक क्षेत्रमा नियन्त्रित र उपेक्षित बनाउदै आइएको तितो यथार्थ हाम्रो सामु छ । धर्म, सामाजिक, राजनैतिक, आर्थिक लगायत विभिन्न संरचनाहरुले उत्पीडन र विभेदलाई मलजल गरेको पाइन्छ ।

लैङ्गिकका आधारमा हुने उत्पीडन र विभेद विरुद्धको आन्दोलकै आधारमा मानव अधिकार महासन्धि अन्तर्गत महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि स्थापना भएको छ । सन् १९७९ को १८ डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभा द्धारा परित गरि सन् १९८१ को ३ सेप्टेम्बर बाट लागु गरिको थियो । भने नेपालले सन् १९९१ अप्रिलमा २२ मा अनुमोदन गरेको थियो । नेपालमा पनि घरेलु हिंसा (कसुर र सजाय ऐन २०६६) र नेपालको संबिधान २०७२ को भाग तीनमा रहेको मौलिक हक र कर्तव्य अन्तगत धारा १६ देखि ४८ धारा मध्ये धारा ३८ मा महिला हकको उल्लेख गरेको छ ।

जातिय, वर्गिय, क्षेत्रिय र भाषिक आधारमै महिलाहरु कतिको बहिस्करणको स्वरुप कस्तो छ । नेपालमा घटित घटनाको तथ्याङ्गहरु हेर्दा निकै नै निरासा जनक रहेको पाइन्छ । महिला भएकै कारण बेचविखन, बलात्कार, बोक्सी, अन्तरजातिय विवाहका कारण हिसां, देउकी प्रथा, बहुपत्नी, दाइजो प्रथा, छाउपडी प्रथा, जस्ले गर्दा बिभिन्न पीडा तथा यातना भोगेको पाइन्छ । जसले गर्दा महिलालाई आर्थिक, समाजिक र राजनैतिक रुपमा पछाडी पारि रहेको छ । पितृसत्तात्मक राज्य सत्ता, पुरुष प्रधान समाज, रुढीवादी र विभेदकारी सामाजिक सांस्कृतिक मुल्य-मान्यता र परम्पराले महिलाको जीवन चक्रमा पुरुष माथि परनिर्भर बनाएको छ । जस्तो छोरी हुदा बाबु तथा दाजु भाईको रेखदेख, भाई आफु भन्दा सानै भएपनि जहा जादा पनि भाईलाई लेर जा भन्ने,कही गए पनि साझ छिट्टै घर आईज भन्ने अनि विहे गरेपछि श्रीमान र बुढेसकालमा छोरासंग निर्भर हुन हाम्रो पितृसत्तात्मक सँरचनाले वतावरण तयार गर्‍यो

शिक्षामा सहज पहुच नहुन, बालविवाह, स्वास्थ्यमा पहुचको कमि, मातृमृत्युदर बढि, आर्थिक रुपमा परनिर्भर साथै राजनितिमा कमजोर उपस्थितिले गर्दा कतिपय महिलाले आफु विरुद्ध भएको विभेद, अत्याचार बारेमा बोल्न सक्दैन । यदि बोलिहाले वा आट गरे पनि सहमति, डर धम्कीका माध्यमबाट दबाइने कोसिस गरिन्छ ।

महिला भएकै कारणले वर्गिय, जातिय, लिङ्गीय, क्षेत्रिय र भाषिक रुपमा विभेदमा परेका छन् । नेपालमा महिलालाई विभिन्न नाममा महिलाको हत्या, बलत्कार, कुटपिटका घटनाहरु त्यो पनि यस्तो लकडाउन जस्तो अवस्थामा त्यो आफैमा खेदजनक क्रियाकलाप हो । यसो हुनुमा समाजिक संरचनाको नै असर देखिन्छ । पुर्णरुपमा छोरी र दलितलाई शिक्षामा बन्चित, रोजगारीको अभाव, सम्पति स्वमित्वमा अवसर नपाउने नै हो । साथै अहिले सम्म पनि पीतृत्व सोचमा आउन नसकेको परिवर्तन पनि हो । जसले गर्दा महिलाहरु अझै पनि समाजमा पिडित छन् । तसर्थ अबका दिनमा महिला तथा दलित महिलाहरुलाई चुलोचौका बाट बाहिर निकालेर स्कुल, विश्वविधालय पुने वातावरण, रोजगारीको सृजना, सुरक्षित वातावरण सृजना गर्न आवश्यक छ । साथै अबका दिनमा समाजिक न्याय, समनता सगै  उनिहरुलाई राजनैतिक प्रतिनिधिको अबसर र सहभागि गराउन जरुरी छ । इतिहास देखि लैङ्गीक आधारमा, जातिय आधारमा विभेदमा परेकालाई न्याय दिन सकियोस् ।

जब कुनै राष्ट्र कुनै युद्ध वा महाविपतिमा पर्छ । सब भन्दा पहिला महिला, बालबालिका, जेष्ठ नागरिकहरु नै मारमा पर्ने गर्छन । कोरोनाको कहरमा विश्वब्यापी रुपमा महिला पीडित भएको समाचार हामी पढदै आएका छौ । जसमा अर्जेन्टिना, क्यानडा, फ्रन्स, जर्मनी, स्पेन, बेलायत, अमेरिका, अष्ट्रेलीया तथा भारतमा महिलाहरु आफु हिँसामा परेको भनेर सहायता काली अपील गरेको देखिन्छ । अझ नेपालको कुरा गर्दा कति महिलाहरु आफु हिंँसामा परेको कुरा नभन्ने सहेर बस्ने गर्दछन । किनभने हामीलाई सिकाएको हुन्छ, महिला भनेको सहनसील हुनु पर्छ भनेर ।  हिंसा भएको छ भनेर भन्नको लागी पनि पहुच छैन, कहाँ गएर भन्ने कसलाई भन्ने कुरा हुन्छ । अनि अली कति पढेको आफ्नो कुरा राख्ने केटी भए घरमा सम्मान नगरेको मुख मुखै लाग्ने भनेर भनिन्छ । यसरी समग्रमा हेर्दा अहिले सम्म भएको महिला आन्दोलनले कहाँ सम्म परिवर्तन गरेको छ त भन्ने कुरा महत्वपुर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन, महिला हिंसा र ८ मार्च" A few seconds ago

सम्बन्धित खवर