मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैन – Satabdi News

मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैन

राकेश कुमार शर्मा

नेपाली नागरिकहरुका लागि दु:खद कुरा हाम्रो मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैनन ।
नागरिकहरु क्वारेन्टाइनमा बस्न मानेनन किन ? क्वारेन्टाइन बाट भाग्नुको कारण के ?

कोरोना भाइरसको महामारीमा बाहिरी मुलुक बाट नेपाल भित्रिएका नागरिकहरु क्वारेन्टाइनमा बस्न मानेनन किन ? क्वारेन्टाइन बाट भाग्नुको कारण के ? सर्वप्रथम कमि कमजोरी हरु पत्ता लगाउन र ध्यान दिन जरुरी छ ।

क्वारेन्टाइन व्यवस्थित र क्वारेन्टाइनमा दिन बिताउन सेवा सुविधाहरु हुन पनि अति आवश्यक छ । क्वारेन्टाइन व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन । क्वारेन्टाइनमा बस्दा झन बिरामी पर्ने हो की भन्ने डरले पनि बस्न मानिरहेका छैनन भन्ने किसिमको जन गुनासोहरु पनि आइरहेको छ । यसकारण क्वारेन्टाइनमा बस्ने हरुका लागि खानपिन पनि इम्युनिटी पावर बढाउने पोषण युक्त खाना हुनुपर्छ ।

लकडाउन भनेको छ कडाइ गर्ने मात्र भनिएको छ । लकडाउनले भोकमरी लाग्यो भने जिम्मेवार को ? आदि आदि जस्ता लकडाउनका कारण थुप्रै कठिनाइ र जोखिम आउने स्थिति देखिएको छ । यसको निकास र समाधान के ?

हाम्रो मुलुकमा भिजन, योजना र दीर्घकालीन सोच भएका प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरू नै नभएकोले अब नागरिकहरुले दुख, कष्ट र पिडा झेल्नुपर्ने अवस्था देखिन्छ ।

भारतले नेपालको बाटो उद्दघाटन गरेपछि कोरोना भाइरसको महामारीमा एक्कासी कालापानी, लिम्पियाधुरा र लिपुलेकको कुरा कहाँ बाट आयो ? राजनीतिक दलहरुका नेताहरूको स्वार्थ कहाँ को को संग जोडिएको हुन्छ । यसकारण मुलुकमा एक पछि अर्को नागरिकहरुको ध्यान मोड्न र झुक्याउन समय समयमा नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ ।

राष्ट्रियतालाई कमजोर बनाउन नरेन्द्र मोदीको पुत्ला दहन, सी जीनपिंगको पुत्ला दहन, भारतीय दूतावास र चीनिया राजदुतावास अगाडि प्रदर्शन गरेर कुनै काम छैन । दोषी र जिम्मेवार हाम्रो मुलुकका नेताहरू हुन । प्रमाणहरु मेटाउने काम पनि भएको हुन सक्छ ? यसकारण सर्वप्रथम वास्तविक नक्सा र प्रमाण जुटाउने काम गरौं । नेपाल सरकारमा दम्भ, आँट र हिम्मत भए नापी विभागबाट सीमाना नाप जांच गर्ने काम गरौं ? अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न नापी शाखा वा नापी विभागमा पुर्व, पश्चिम, उत्तर र दक्षिण नेपालको सीमाना यहाँ सम्म नै हो भन्ने कसैलाई थाहा छ ? यकिन छ ? प्रमाण छ ? किल्ला (खम्बा) छ ? थाहा छैन भने अन्दाजीको भरमा हावादारी कुरा कसैले पनि नगरौं ?

सरकार के का लागि हो ? परराष्ट्र मन्त्रालय के का लागी हो ? सीमा बारे समस्या समाधान गर्ने काम सरकारको हो तर सरकारले चाँहदैन । भागबन्डामा सबैको मिलोमतो छ । माधव कुमार नेपाल, झलनाथ खनाल, के पी शर्मा ओलीलाई, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बामदेव गौतम र चित्र बहादुर के सी आदि आदि जस्ता नेताहरूलाई सीमा मिचिएको र बेचिएको आदि आदि सम्बन्धि वास्तविक कुरा के हो सबैलाई थाहा छ । तर सीमाको समस्या समाधान हुंदैन कोही पनि चोखो छैनन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू ..." A few seconds ago

सम्बन्धित खवर