लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है! – Satabdi News

लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है!

राकेश कुमार शर्मा

लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है । विश्लेषण गर्ने हो भने लकडाउन पश्चात पनि कोरोना भाइरसको संक्रमितहरु झन देखिन थाल्यो । लकडाउनले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकेन । हाम्रो मुलुकको सन्दर्भमा छिमेकी मुलुक भारतबाट चोरी बाटोहरु भएर नेपाल प्रवेश गर्नेहरु नै कोरोना संक्रमित देखिएकोले कोरोना भाइरसको प्रभाव नेपालमा फेला पर्न शुरुवात भएको छ ।

अमेरिका, स्पेन, इटाली र फ्रान्स आदि आदि जस्ता मुलुकहरुमा कोरोना भाइरसले उच्च रक्तचाप मुटु रोगी, सुगर रोगी, आत्मबल कमजोर र डिप्रेसनका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ । यसकारण लकडाउन मात्र समस्याको समाधान होईन ।

कोरोना भाइरसको महामारीमा नेपालको संवेदनशील क्षेत्र भनेको नै भारतको चोरी नाकाहरु बाट नेपालको भित्री भागहरुको प्रवेशमा रोकथाम कसरी गर्न सकिन्छ त्यतातिर ध्यानाकर्षण हुन जरुरी छ । तर खुल्ला सीमा भएकोले गाह्रो र असम्भव पनि छ । एउटा चोरी नाका भए संभव थियो ? चोरी नाकाहरु कति छन कति भनी साध्य छैन ।

१)  खुल्ला सीमाका कारण पुरै सेनाको संगठन, सशस्त्र संगठन र प्रहरीको संगठन हरुलाई खटाए पनि नेपालमा लकडाउनले मात्र कोरोना भाइरस रोकथाम र नियन्त्रण हुन सक्दैन ।

२)  कोरोना भाइरसको लागी पुरै सेनाको संगठन, सशस्त्रको संगठन र प्रहरीको संगठन जति जनशक्ति भएपनी सीमानाको सुरक्षाको लागि अपुग हुन जान्छ ।

३)  कोरोना भाइरस नियन्त्रणका लागि नेपालको सीमाना कहाँ सम्म हो भन्ने यकिन नभईकन तार बार लगाउन पनि असम्भव छ । प्रष्ट रूपमा नेपालको सीमानाको यकिन हुन जरुरी छ । सीमाना सम्बन्धि समाधान जुनसुकै सरकार आएपनि गर्न सक्दैन । सीमाना सम्बन्धि समाधान अन्तर्राष्ट्रिय मुद्दा बन्न जान्छ । अन्तर्राष्ट्रिय मुद्दा बन्दैमा समस्या समाधान र हल हुन्छ भन्ने छैन ?

४)  कोरोना भाइरसको नियन्त्रणका लागि सीमानाको रक्षा गर्न सेनाहरु र सशस्त्र प्रहरीहरु आफै जान पाउने होइन सेनाको संगठन र सशस्त्रको संगठनलाई सरकारले खटाउनका लागी पत्रचार गर्नुपर्ने हुन्छ । सीमाना सुरक्षाको लागी खटाउन नेपालको सरकारमा आँट र साहस हुन पनि जरुरी छ ।

५)  कोरोना भाइरसको औषधि ननिस्कुनजेल मास्क, सेनिटाइजरको प्रयोग र दुरी कायम बनाएर यात्रा र आवत जावत गर्न दिनु नै सुरक्षित उपाय हो । अब मुलुकलाई टाट पल्टाउने हो भने मात्र लकडाउन बढाउँदै लगे हुन्छ । लकडाउनलाई बिस्तारै बिस्तारै खुकुलो पार्न तर्फ ध्यान दिन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है!" A few seconds ago

सम्बन्धित खवर