प्रधानमन्त्री राजीनामा दिनुहोस्, नयाँ पुस्तालाई अगाडि ल्याऔंः डा. बाबुराम भट्टराई – Satabdi News

प्रधानमन्त्री राजीनामा दिनुहोस्, नयाँ पुस्तालाई अगाडि ल्याऔंः डा. बाबुराम भट्टराई

बैशाख २६, बेलबारी । जनता समाजवादी पाटीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्रीले राजिनामा दिनुको विकल्प नरहेको बताएको छ । लकडाउन पछि आज बसेको प्रतिनिधि सभाको बैठकमा यस्तो धारणा राख्नु भएको हो ।

उनले सरकारलाई कुर्सी र पद ठुलो नभई काम ठुलो भएको उल्लेख छन् । भगवान गौतम बुद्धको उदाहरण दिदै उनले सरकारलाई सत्ताको प्रयोग गर्दामा महान नहुने पनि बताएका छन् ।

विश्व कोरोना भाईरस महामारीको कारण लकडाउनमा विपन्न वर्गहरुमा लक्षित गरी स्थानीय तह संग समन्वय गरि समाजिक सुरक्षा भत्ता बैक मार्फत पर्नमा पनि सरकारलाई सुझाव दिएको छ ।

रोजगारीको खोजिमा विदेशमा गएका नागरिकहरुको अवस्था पनि विचलित रहेको बताएको छ । उनले भनेका छन, हाम्रो जुन श्रम गर्न विदेश गाएका नागरिकहरुको ठुलो संख्यामा छ, उनीहरुको विचलित अवस्था छ, म समाजिक मिडियामा पनि सक्रिय हुन्छु, त्यसैले रातिराति सम्म फोन आउछ,कहिले मलाई माल्टाबाट फोन आउछ, कहिले मध्य अमेरिकाबाट फोन आउछ, कहिले मलेसिया र कहिले भारतको गर्जरातबाट हामी अलपत्र पर्योुु।

उनले तंकालिन राजपाका नेता तथा प्रतिनिधि सभाका सदस्य रेशम चौधरीको राजनितिक घटना भएकोले उनको रिहाइको पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्री राजीनामा दिनुहोस्, नयाँ पुस्तालाई..." A few seconds ago

सम्बन्धित खवर