लकडाउन १५ दिन थप; जेष्ठ १० गते सम्म रहने – Satabdi News

लकडाउन १५ दिन थप; जेष्ठ १० गते सम्म रहने

बैशाख २२, बेलबारी । सरकारले लकडाउनको अवधि फेरि १५ दिन थप्ने तयारी गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्ले बैठकमा नेपालमा कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण बढिरहेकाले लकडाउन अवधि थप्नु पर्ने बताएको छ ।

नेपालको छिमेकी मुलुक भारतमा लकडाउनलाई निरन्तरता दिइरहेका छ। त्यस्तै नेपालमा लकडाउन खुल्लाउदा भोलिको दिन जुनसुकै स्थिती आउन सक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको बताएको छ ।

नेपालमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन १५ दिन थप; जेष्ठ १० गते सम्म रहने" A few seconds ago

सम्बन्धित खवर