नेपाली बिदेशी युवाको आह्वान "बिदेशीने सपना त्यागेर स्वादेशमा नै उधमशील बनौं !" – Satabdi News

नेपाली बिदेशी युवाको आह्वान “बिदेशीने सपना त्यागेर स्वादेशमा नै उधमशील बनौं !”

आवास रोका मगर

हामी नेपाली बेरोजगार छौ, देशमा रोजगारी छैन, आफ्नै देशमा केहि गर्ने हिम्मत आउदैन, देशमै जागिर खाउ आफैलाई पुग्दैन, परिश्रम अनुसार तलब पाइदैन । ब्यापार के कस्तो गर्ने ? कहाँबाट कच्चापदार्थ समान ल्याउने ? अनेक थरिका झन्झट झेल्नु भन्दा सजिलै पासपोर्ट बनाएर बिदेशीने काम नै सजिलो छ । लाग्छ, मेनपावर जाउ एजेन्टले गर्ने ती कमाइका गफले निकै मिठो सपना बुनिदिएको छ ।

हाम्रो उदेश्य धन, पैसा कमाउने सपना बिदेश नै हो भन्ने सझिन्छौं । भिसा आउनु साथ हामीलाई हर्षं, खुसी लाग्छ । ओहो त्यहा गएपछि कत्ति टन्न पैसा कमाईएला ? नेपालका एजेन्टले गरेका ती मिठा कमाईका गफ साच्चिकै विश्वास योग्य हुन्छन् । जब नेपालबाट बेचिएर बिदेशीको हातमा पर्छौ तब पिडाका दिन सुरु हुन्छन् ।

बिदेशमा, नेपाल जस्तो हुदैन, सोचे जस्तो हुँदैन, फर्केउ के मुख लिएर फर्केउ ? डेढ /दुई लाख ऋण खोजेर आएको छौ । जसो-तसो १/२ बर्ष काम गरेर, आएको ऋण तिर्ने र फर्किर्ने सोचाई सबैको एउटै हुन्छ । खाडीमा यस्ता कम्पनीहरु छन; जहा भनेको अगाडी केहि बर्ष मै कन्ट्याक्ट् सकिन्छ । सम्झौता सकिए पछि बसौं भने कमाई छैन, कसरी बसौं ? बरु फिनिस जान्छु फेरि अन्य देश मलेसिया, कतार, युएई जानुपर्ला भन्ने सोचाइ अधिकांश युवाहरूलाई उत्पन्न हुन्छ । मानौं यति टक्कर खादा पनि बिदेशिने सपना रोकिएको छैन । जसले गर्दा हाम्रो आधा जिन्दगी खेर गएको छ, बल र तागत सकिएको छ, बिदेश जाने तोकिएको उमेर बढेको छ, अब छोरो कमाउने भैसक्यो, अब पालो उसैको हुन्छ । आखिर कहिले सम्म यो पिडा भोग्ने हामी युवाले ? त्यसैले नया पुस्ताका युवाहरूलाई यो आह्वान गर्दछु ।

देशमा केहि गर्ने सोचाइ राख्नुस, बिदेशीले त्यही काम गर्नु सक्छ भने किन हामीले गर्नु सक्दैनौं ? गर्बमा कसैले सिकेर आएको हुदैन, हिम्मत गरौं गर्छु भन्नेलाई समाज, राज्यले सहयोग गर्नैपर्छ । बिदेशमा बनेको समान नभई नेपालमा बनेको समान सबैले प्रयोग गरौं । कस्तो ब्यापार गर्दा सहज फाइदा हुन्छ भने कुरा अनुसन्धान गरौं । त्यसको लागी अहिले ईन्टरनेटको जमानामा हरेक चिज खोज्नु र बुझ्नु गार्‍हो छैन।

बिदेश आउने सबैले दु:ख पाएका छन भन्ने पनि होईन । यहाँ आएका ब्यक्तिहरु मालमाल हुनेहरु पनि छन । तर अधिकांश भन्ने पक्कै सन्तुष्ट छैन यही बिदेशको कारण कसैको घर परिवार बिग्रेको छ कसैलाई रोग लागेको छ त कैयौं बाकसमा फर्किनु परेको छ तसर्थ अबका युवाहरूले पासपोर्ट बनाउने खर्चले उधमशीलको जग बनाउनुस । मेनपावरमा बुझाउने डेढ दुई लाखले आफैं ठाउँमा केहि ब्यबसाय गर्नुहोस् । बिदेश जाने युवाको लागी लाखौं पैसाको बिटा फाल्ने आफन्त/अभिभावहरुको सोचमा परिवर्तन भई देशमा केहि गर्ने जुझारु युवाहरूलाई बिश्वास गर्नुहोस् । ताकी बिदेशमा परिश्रम गर्ने हात र मष्तिकले, आफनै देशको बिकाश भएको देख्न सकियोस् । बिदेश जाने आम युवाहरुलाई आफ्नो देश, आफ्नै घरपरिवार भन्दा ठुलो खुसी अरु केहि हुदैन ।

(मगरको ठेगाना,प्युठान हाल; युएई)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली बिदेशी युवाको आह्वान “बिदेशीने सप..." A few seconds ago

सम्बन्धित खवर