कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले दिने भए उच्च विभूषण – Satabdi News

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले दिने भए उच्च विभूषण

१८ बैशाख, बेलबारी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभूषण “ ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड”  दिने भएको छ ।

नेपालस्थित जापानी दूतावासका अनुसार जापानले यो वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ पौडेललाई दिइने निर्णय गरेको हो ।

जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने उच्‍च सम्मानमध्ये सो सम्मान पनि एक हो । पौडेललाई नेपाल(जापान सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो सम्मानको सो अवार्ड दिइएको दूतावासले जनाएको छ ।

पूर्व सभामुख पौडेलले नेपाल(जापान संसदीय मैत्री संघ) गठन गरेर सांसदहरुबीच अनुभव साटासाट गर्न भूमिका खेलेको भन्दै जापानले सो अवार्ड दिएको दूतातावासले जनाएको छ । पौडेल सो संघका संस्थापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान..." A few seconds ago

सम्बन्धित खवर